आज मंसिर ४ , अहिले विहान ७ बजेदेखि मतदान

 मंसिर, ४,काठमाडौं । आगामी ५ वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि  आज मतदान हुँदैछ ।

प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्य चयनका लागि मतदान हुदैछ र देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन गराउन आयोगबाट खटिएका कर्मचारी आवश्यक सबै सामग्री लिएर मतदान केन्द्रमा पुगिसकेका छन् । उनीहरुले आइतबार विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने मतदानका लागि लाइन लाग्ने, मतपत्र लिने, मत संकेत गरेर मतपेटिकामा खसाल्नका लागि सहज हुने गरी सबै तयारी पूरा गरिसकेका छन् ।

शनिबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएका छन् ।

मतदाताले भोट दिएर सांसद छान्छन् र ती छानिएका सांसदमध्येबाट एकजना प्रधानमन्त्रीका उम्मेदवार बन्छन्। र, ती प्रधानमन्त्रीले मन्त्रीमण्डल बनाउँछन्।

२०७२ मा संविधान जारी भएपछिको व्यवस्था बमोजिम यही मङ्सिर ४ गते दोस्रो प्रतिनिधिसभा चुनाव हुँदैछ।

 
 

प्रतिकृया दिनुहोस