प्रधानमन्त्री बनेर देशको उन्नति गर्ने चाहना छ:नेता पौडेल

 

देवघाट तनहुँ,१५ मंसिर \|तनहुँको देवघाट गाउँपालिकाको आयोजनामा आज बिहीबार बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले कार्यकारी प्रमुख भएर देशको दिगो उन्नति गर्ने चाहना रहेको बताएका छन् ।साथै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री बनेर देश विकास गर्ने चाहना रहेको बताए।

प्रधानमन्त्री बनेर देशलाई नयाँ ढङ्गबाट अगाडी बढाउने इच्छा रहेको बताउँदै पौडेलले भने, “अहिले नेपालमा देखा परेका सङ्कटलाई हटाउन चाहन्छु । बलियो नेपाल बनाउन चाहन्छु, सुरक्षित नेपाल बनाएर सम्पन्न सुखी नेपाली बनाउन चाहन्छु ।" देश विकासको प्रमुख बाधक भ्रष्टाचार रहेकाले भ्रष्टाचारको जालोलाई तोड्ने पौडेलको भनाई थियो । देवघाटधामको धार्मिक महत्व विशष्टिकृत रहेकाले कालीगण्डकी डाइभर्सन गर्न नदिइने पौडेलले बताए । देवघाटलाई धार्मिक पर्यटनको केन्द्र बनाइने बताउँदै पौडेलले यहाँ पर्यटनबाट समृद्धि सम्भव रहेको बताए ।साथै कार्यक्रमका विशिस्ट अतिथि नव निर्वाचित तनहुँ क्षेत्र नम्बर १(ख) प्रदेश सभा सदस्य माननीय हरि बहादुर चुमानले गण्डकी प्रदेशको दिगो बिकासको निम्ति केन्द्र र स्थानीय सरकार संग समन्वय गरी अगाडी बढ्ने बताएका छन्। साथै चुमानले जनताको आकाङ्क्षा पूरा गर्न लाग्ने बताउँदै विकास आयोजनका लागि बजेट अभाव नहुने प्रष्ट पारे। केन्द्र प्रदेशबाट बजेट ल्याउने जिम्मा आफूहरुको रहेको बताए। “कसलाई भोट हाल्दा जिल्लाको विकास हुन्छ त्यसतर्फ जनताले मूल्याङ्कन गरी आफ्नो अमुल्य मतदान गरी निर्वाचित गरिदिएकोम उपस्थित जनसमुदायलाइउ धन्यवाद समेत दिए ।

कार्यक्रममा देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ,देवघाट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेल,देवघाट गाउँपालिका प्रवक्ता एवं ,५ नम्बर वडा अध्यक्ष पुर्ण बहादुर कुवँर,देवघाट २ नम्बर वडा अध्यक्ष मिन बहादुर राना,३ नम्बर वडा अध्यक्ष टेक बहादुर आले,देवघाट नेपाली काङ्ग्रेस उप सभापति पुरुषोत्तम शर्मा पण्डित,देवघाट नेकपा माओवादी केन्द्रका उपाध्यक्ष जय कृष्ण सुवेदी र समाजसेवी युवा नेता अर्जुन अधिकारी लगाएतको उपस्थिति रहेको थियोे भने देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

317796812_168134775853145_4237641867565379586_n.jpg317691999_168134812519808_5066399040459501186_n.jpg317913316_168134832519806_5474303385503628343_n.jpg317850058_168134715853151_587461926792064555_n.jpg

 

प्रतिकृया दिनुहोस