मान्डव्य समाज नेपालले चितवनका सुवेदार भन्डारीलाई गर्यो सम्मान

  मंसिर २१ ,चितवन ।

माण्डव्य समाज नेपालले आज भरतपुर २० निवासी धार्मिक तथा सामाजिक व्याक्तित्व सुवेदार लोकनाथ भन्डारी ज्युलाई सम्मान गरेको छ। उहाँको ८४ पुजनको अवसर मा निवास शिव कालिका टोलमा नै उपस्थित भई सम्मानपत्र का साथ दोषल्ला अोढाएर सम्मान गरिएको छ।सो अवसरमा समाजका केन्द्रीय अध्यक्ष गंगाराम भन्डारी केन्द्रीय सचिव रुपनाथ भन्डारी, समाजका जिल्ला अध्यक्ष भिम प्रसाद भन्डारी, पूर्व अध्यक्ष ऋषिराम भन्डारी , लगाएतको उपस्थिति रहेको थियो। यही मंसिर १४ गते देखि उहाँको निवासमा सप्ताह महायज्ञ पनि लगाईरहेको छ।८४ वर्ष प्रवेश कै अवसरमा सुवेदार भन्डारीको तुलादान समेत गरिएको छ।
कार्यक्रममा नै उपस्थित चितवन सहायता कोष वेल्जियमका पुर्व अध्यक्ष सुवेदार भन्डारीका जेठा छोरा दिनेश भन्डारीले वैदिक विधि अनुसार वुवाको चौरासी पुजा गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो । उहाँ घरमा हुने यही शुभ कार्य का लागि पत्नी पार्वती भन्डारी सगै ३ हप्ता अघि नेपाल आउनु भएको थियो । सो अवसरमा उहाँले वैदिक सनातन सस्कृति र परम्परा समाजमा एकता ,भाइचाराको सम्बन्ध समेत बढाउन सहयोग पुग्ने बताउनु भयो ।संगीतमय श्रीमदभागवत महापुराण सप्ताहको प्रमुख वाचक मा युवा ब्यास पन्डित सागर भण्डारीले रहनुभएको छ|विशेष गरि ८० वर्ष ८ महिना देखि चोरासी पुजा गर्न शास्त्रिय मान्यता रहेको छ । ज्योतिषचार्य पुरुषोतम खनाल चौरासी पुजाको लागि १ हजार चन्द्रमाको दर्शन गरेको हुनुपर्नै शात्रिय मान्यता भएको पष्टाउनु भयो । उहाँका अनुसार ८० वर्ष ८ महिनामा ९ सय ६८ पूर्णीमा पर्ने र मलमासको ३२ पूर्णीमा सो वर्षसम्मको जोड्दा १ हजार पुर्णीमा हुन हुनाले ८० वर्ष ८ महिना पुगेपछि यो पुजा गर्न मिल्ने छ । उमेरले ८० कट्नुभएकाहरुलाई आफ्नो चौरासी पुजा गर्ने रहर रहेको पाहिन्छ । 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

 

प्रतिकृया दिनुहोस