पत्रकार सर्राफको सम्झनामा श्रद्धान्जलीसभा , परिवारलाई ििवरगंंज महानगरपालिकाले लगायतको आर्थिक सहयोग

 

वीरगंज । हिन्दु स्वंयसेवक संघ पर्साले स्वर्गीय पत्रकार नरेश सर्राफको निधनको ११औँ दिनको पुण्य तिथि मा सोमबार वीरगन्जमा श्रद्धाञ्जली सभा गरेको छ । वीरगन्ज स्थित संघको कार्यालय केशव धाममा आयोजित श्रद्धाञ्जली सभामा सहभागीहरुले स्वर्गीय सर्राफको तस्वीरमा फुलमाला चढाएर मौनधारण गर्दै श्रद्धान्जली अर्पण गरेका थिए ।सभामा बोल्ने वक्ताहरुले पत्रकार सर्राफको असामयिक निधनले पत्रकारिता क्षेत्रको साथ साथै हिन्दु स्वयम् सेवक संघको लागि ठूलो क्षति पुगेको वताए ।

पत्रकार सर्राफको जिवनको बारेमा बर्णन गर्दै वक्ताहरुले असल, सालिन र इमान्दार व्यक्तित्व भएका सर्राफले पत्रकारीताका माध्यमले समाजमा विद्यमान सामाजिक विकृति , विसंगतीलाई उजागर गरि स्वच्छ समाज निर्माणका लागि अतुलनीय योगदान पनि दिएको चर्चा गरे । पत्रकारिता क्षेत्रमा एक अलग पहिचान बनाएका सर्राफले धर्म रक्षा र संरक्षणको लागि पनि अतुनीय काम गरेको पनि उनिहरुले वताए ।सर्राफको निधनले मधेस प्रदेशै पत्रकारिता क्षेत्रमा क्षति पुगे भन्दै उनिहरुले उनको निधनले संघको लागि पनि ठूलो क्षति पुगेको बताए ।

 पत्रकार नरेश सर्राफको परिवारलाई वीरगन्ज महानगरपालिकाले तत्काल ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

सर्राफको १० औँ दिनको पुण्य तिथिमा आइतबार वीरगन्जमा समाजवादी प्रेस संगठन र रेडियो वीरगन्जले आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महानगरका मेयर राजेशमान सिंहले सर्राफका परिवारको जिविकोपार्जनका लागि महानगरको तर्फबाट तत्कालका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका हुन् ।

यसका साथै सर्राफको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा स्थापना गरिने स्मृति कोषमा महानगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा पनि मेयर सिंहले गरे । 

मेयर सिंहले सर्राफकी छोरीको १० कक्षासम्मको पठनपाठनको जिम्मा पनि महानगरपालिले लिने भन्दै उनको इच्छा बमोजिमको विद्यालयमा महानगरले पढ्ने व्यवस्था मिलाउने पनि बताए ।
 
आइतबारको श्रद्धान्जलीसभामै सर्राफको परिवारलाई रेडियो वीरगन्जले  र समाजवादी प्रेस संगठन पर्साले १ /१ लाख र राष्ट्रिय भूमी आयोग पर्साका अध्यक्ष एवं जसपाका जिल्ला सचिव तबरेज अहमदले पनि ५० हजार रुपैयाँ नगद उपलब्ध गराएका छन् । नेपाल पत्रकार महासंघ पर्साका जिल्ला कार्य समिति सदस्य समेत रहेका ३८ बर्षिय पत्रकार सर्राफको यहि मंसिर १५ गते विहान व्ययाम गरिरहेको अवस्थामा हृदयघात भएर निधन भएको थियो । उनी हिन्दु स्वमसेवक संघ पर्साका जिल्ला प्रचार प्रमुख समेत थिए ।

 

 

 
 

प्रतिकृया दिनुहोस