नारायगढमा एकमहिने कोटिहोम ज्ञान महायज्ञमा गरिने

चितवन । चितवनको नारायगढतर्फको नारायणी नदी किनारमा   साङ्ग बिराट् श्री गायत्री कोटिहोम ज्ञानमहायज्ञ हुने भएको छ । यही माघ १२ गते वसन्त पन्चमीदेखि फागुन १२ गते सम्म संचालन हुने महायज्ञको हिजो शुक्रवार यज्ञ गरिने स्थानमा नै पत्रकार सम्मेलन गरि कोटीहोम महायज्ञ बारे जानकारी गराएको छ ।  सनातन संस्कृती संरक्षण अभियान र गण्डकी नारायणी संरक्षण महाआरती परिषद्ले आयोजना मा महायज्ञ गरिन लागिएको हो  ।

सनातन देखि चलिआएको सस्कृति ,परम्परा  नदी संरक्षण , पयार्वरणिय सन्तुलन जोगाउनले लगायतको उदेश्य राखी कोटीहोम यज्ञ गर्न लागिएको कार्यण्डक्रमका संयोजक परिष्दका अध्यक्ष प्रेम निधि भारद्धाज कण्डेलले जानकारी गराएका छ । नेपालमा कोटीहोम महायज्ञका अध्यायेता, संकल्पकर्ता राष्ट गुरु योगी नरहरिनाथलाई सम्झदै कोटीहोम महायज्ञ गरिन लागिएकोमा श्री वागीश्वरी आध्यात्मिक परिष्द योगी नरहरिनाथ आश्रमका संरक्षक शान्त प्रसाद पोखरेलले खुशी व्यक्त गर्नुभयो । सो क्रममा उहाँले यस्तो कोटीहोमका दर्शनमात्रको महत्व ठुलो भएको भन्नुहुदै वातावरणी अनुकुलता का लागि यज्ञ वर्तमानको आवश्यकता भएको समेत प्रष्टाउनु भयो ।

नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख संरक्षकत्व तथा महामण्डलेश्वर आत्मानन्द गिरि, रमणानन्द गिरि, स्वामी जगन्नाथाचार्य,हरिशरण उपाध्याय , किशोरकुमार गौतम आदि नेपालका प्रमुख सन्तमहात्माहरूको संरक्षकत्वमा हुने आयोजकले जनाएको छ ।

 महायज्ञमा १०८ कर्मनिष्ठ ब्राह्मणहरूद्वारा सवा करोड गायत्री मन्त्रद्वारा १ महिनासम्म हवन , तर्पण एवम् मार्जन, श्रीमद्भागवत तथा शिवमहापुराण पाठ एवम् प्रवचन, विभिन्न सनातन धर्ममूलक पन्थ ,सम्प्रदायका विशिष्ट विद्वान् , सन्त, मठाधीश, गुरु, सामाजिक, राजनैतिक, व्यक्तिहरूद्वारा सनातन संस्कृति- गोवंश संरक्षणबारे चिन्तन \, मन्थनसहित प्रवचन ,सवा करोड ५ सरे दीपप्रज्वलन,
राष्ट्रिय , अन्तराष्ट्रिय ख्यातिप्राप्त कवि/ कलाकारहरूद्वारा कवितावाचन , भजन,सांस्कृतिक झाँकी ,
वरिष्ठ चिकित्सकहरूद्वारा नि: शुल्क स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम ,योग, ध्यान एवम् बालसंस्कार कार्यक्रम,
१०८ शालग्राम तथा शिवलिङ्गको सेवा-पूजा, दर्शन सामूहिक व्रतबन्ध, चौरासी, ग्रहशान्ति आदि हुने   पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।  विपन्न तथा अशक्तहरूका लागि नि: शुल्क सामूहिक व्रतबन्ध , चौरासी, ग्रहशान्ति कार्यक्रम गरिदिने आयोजकले स्पष्ट पारेको छ। पत्रकार सम्मेलनमा संयोजक कण्डेलले , यज्ञमा सनातन परम्परा अगाल्ने कुनै समुदाय , जाती बिच विभेद नगरिने भन्दै युवा वर्ग केन्द्रित  महायज्ञ गरिने बताउनु भयो । महायज्ञमा दान गर्ने दाताहरु बिच समान व्यहवार गरिने , द्र्र्रव्य प्रधान यज्ञ नभएको भन्दै महायज्ञमा ज्ञानविज्ञानको विषेश चर्चा गरिने बताइएको छ । पत्रकार सम्मेलनमा सम्पुर्ण ओमकार सनातनीहरुले विभिन्न प्रकारको सहयोग गर्न समेत आयोजकले  आवाव्हान गरेकाछन् । 

प्रतिकृया दिनुहोस