‘बालक ध्रुव’ भजन सार्वजनिक

चितवन । भजन गायकको  रुपमा समेत परिचित युवा पन्डित परशु  परशुराम पाण्डेय र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको नयाँ नेपाली लोक भजन ‘बालक ध्रुव’ सार्वजनिक भएको छ । वरिष्ठ सर्जक चेतराज कण्डेलको शब्द/संगीतमा बनेको लोक भजन परशु राम पाण्डे नाम युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

एक हप्ताअघि सार्वजनिक भएको भिडियो भजनमा एरेन्जर पदम विसी रहेका छन् भने मिक्सिङ/मास्टरिङ सञ्जय श्रीपालले गरेका हुन् ।भिडियोमा बाल कलाकार प्रतिष्ठा कण्डेलसहित चेतराज कण्डेल, दिलिप भुर्तेल, प्रेम खरेल, समिरा सुनार र आश्मा भुसालको अभिनय रहेको छ ।

अतिथि कलाकारको रुपमा दीपा शर्माको अभिनय देख्न सकिन्छ । भिडियो भजनको निर्देशन सुरेश चौधरीले गरेका हुन् भने छायाकंन विक्रम चौधरीले गरेका हुन् । श्रीमदभागवत महापुराणमा सुन्दै आइरहेको भक्त ध्रुवको कथालाई समेटेर भिडियो भजन बनाइएको हो ।यस अघि पनि गायक पान्डेको विभिन्न भजनहरु सार्वजनिक भइसकेका छन् । कुन वार कुन भगवानको पुजा गर्ने भन्ने भजन , त्यस्तै के लानु छ र मरेर बोलको चुड्का भजन , जय शिव शंकर अति नै चर्चा कमाएको भजन हो । भजन गायक पान्डेले यस अघि भजनका साथै आधुनिक गीत पनि पस्केका छन् । गायक पान्डे आधुनिक गीत  माया दिन्छु अपार जुन कवाली शैलीको छ सो गीत पनि आफ्नो युटुयुव च्यानल बाट नै यस अघि सार्वजनीक गरिसकेका छन् । उनी गायन का साथ साथै भागवत वाचनमा पनि उतिकै प्रखर छन् । यहि माघ १२ गते देखि नारायणी नदी किनारमा लगाइने कोटीहोम महायज्ञको उनी प्रमुख वाचक समेत रहेका छन् । 

प्रतिकृया दिनुहोस