एसईई परीक्षा चैत १७ देखि हुने (परीक्षा तालिका)

काठमाण्डाै,१४ माघ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १७ गतेदेखि हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले शनिबार परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डको माघ ११ गते बसेको बैठकले एसईई परीक्षाको मिति तय गरेको हो।

यस वर्षको एसईई परीक्षा चैत ७ देखि शुरु भएर चैत २९ गतेसम्म चल्नेछ। बिहान ८ देखि ११ बजेसम्म परीक्षा हुने बोर्डले जनाएको छ।

तालिका अनुसार चैत १७ गते शुक्रवार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । त्यही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ ।

अन्तिम दिन २९ गते प्राविधिक धारतर्फको परीक्षा हुने तालिका छ ।

परीक्षा तालिका:


प्रतिकृया दिनुहोस