राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको चैत ३ मा हुने

काठमाडौँ,१६ माघ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ। आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल यही फागुन २९ गते सकिँदैछ । त्यसैले, त्यसको चार दिनअघि राष्ट्रपतिको निर्वाचन हुन लागेको हो ।

त्यसैगरी, उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गते हुने भएको छ ।

आयोगले सो बारे नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।

प्रतिकृया दिनुहोस