चनौलीका युवा व्यवसायी प्रसाईद्धारा जन्मदिनमा मानवसेवा आश्रममा भोजन

चनौली,१६ साउन । भरतपपुर महानगरपालिका वडा न ३ मा रहेको मानवसेवा आश्रममा हिजो पश्चिम चितवनका युवा व्यवसायी अमित प्रसाईले विहानीको भोजन खुवाउनु भएको छ ।प्रसाईले आफ्नो जन्मदिनको अबसर पारेर श्रीमती कृति भण्डारी प्रसाइको साथमा गइ आश्रममा रहेका ७० जना लाइ भोजन खुवाउनु भएको हो ।

भरतपुर १८ मा रहेको भटभटे रिकण्डिसन एण्ड वर्कशपका सन्चालक प्रसाईले विभिन्न अवसर पारेर सामाजीक काममा समेत सहयोग पुराउर्दै आउनु भएको छ । ,मोती अधिकारी,विमल श्रेष्ठ,संजिव सुबेदी,राजु पौडेल,मुक्तार प्रसाई,बिश्व अधिकारी,कृष्ण प्रसाद दाहाल,सागर गजुरेल र रोहित श्रेष्ठ लगायतका व्यक्तीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । हाम्रो चाहना सबैको लागि खाना नाना र छाना भन्ने उदेश्यले संचालन भएको मानवसेवा आश्रम चितवनमा विभिन्न अवसर पारेर विभिन्न संघ संस्था एबम् व्यक्तिले सहयोग गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस