चितवनका अस्पतालहरूमा निःशुल्क पार्किङ

चितवन, ११ भदौ ।रामजानकी बालिका आश्रमको वार्षिक साधारणसभा सम्पन्न ,
अर्चना पोखरेल ।  
देवघाटधाम चितवनमा रहेको लोककल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित श्री रामजानकी बालिक आश्रमको प्रतिवेदन सार्वजनीक एव १३ औ वार्षिक साधरणसभा सम्पन्न गरेको छ ।

    अभिभावक  विहीन ,असहाय बालिकाहरूलाई आधुनिक शिक्षाको साथै गुरुकुलीय संस्कार प्रदान गद्रै आएको सो आश्रमले श्रावणको तेस्रो साता आश्रम परिसर देवघाटधाममा प्रतिवेदन सार्वजनिक गरेको छ । 
   
      वाग्मती प्रदेशसभा सदस्य ईश्वर प्रसाद सापकोटा (सुमन  ) को प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ समाजसेवी टंकनाथ पौडेल, उमाशंकर अग्रवाल , राम प्रसाद ओस्ती , यमुना आर्चाय लगायत चितवन , नवलपुर र काठमाण्डौँ जिल्काका आजीवन सदस्य , सामाजिक व्यक्तित्वहरु लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका महासचिव रामेश्वर प्रसाद खनालले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उहाँले आ. व २०७९ ÷८० मा उक्त संस्थामा कुल आम्दानी १ करोड ११ लाख  ,९६ हजार १सय ७४ ÷ –रहेको साथै   १ करोड ४१ लाख ८० हजार ४ सय २३ रकम आश्रमको भौतीक निर्माण का साथै आश्रम सञ्चालमा खर्च भएको प्रतिवेदन सार्वजनीक गर्नुभएको थियो । ÷ उक्त आ .ब. मा भवन निर्माण कार्यमा २९लाख  ८४ हजार  २ सय ४९ रकम भुक्तानी गर्न बाँकी रहेको समेत आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

  
     यसैगरि प्रतिपष्ठानले भदौको दोस्रो हप्ता काठमाडौमा वाििर्षक साधरणसभा सम्पन्न गरेको छ ।  प्रतिष्ठानका अध्यक्ष सावित्री टण्डन ( सावित्री आमा) को सभाध्यक्षमा सम्पन्न सो साधरणसभामा दिन प्रतिष्ठान र बालिका आश्रमको सम्पूर्ण गतिविधि र संस्थाको भावी  नीति तथा कार्यक्रमहरु सार्वजनिक परिक्षण को लागि प्रस्तुत भएको थियो 
          नेपालमा सञ्चालित बालगृहहरूमध्ये  फरक प्रस्तुतिका साथ सञ्चालन भएको यस आश्रममा २३ जिल्लाका ३४ जना बालिका रहेका छन् । शिशु कक्षादेखि शास्त्री ÷ स्नातक तहसम्म अध्ययनरत  गरिरहेका छन् । काठमाडौमा २०६७ सालमा स्थापित प्रतिष्ठानले चितवनमा बालिका आश्रम सञ्चालन गर्नू साथै विभिन्न सामाजीक गतिविधि गर्दे आएको छ । 



प्रतिकृया दिनुहोस