नरहरिनाथ आश्रमको केन्द्रिय समितिमा मनोनीत सदस्यलाई स्वागत


चितवन,९ असोज । भरतपुर १ चितवन देवघाटधाममा रहेको श्रीवागीश्वरी  आध्यात्मिक परिषद योगी नरहरिनाथाश्रमको केन्द्रिय समितिमा मनोनीत  ५ सदस्यलाई आश्रमले आईतवार एक कार्यक्रमका बिच स्वागत गर्दै पदस्थापन गरेको छ ।

 आश्रमले आफ्नो नियमित मासिक बैठकको सन्र्दभमा नवमनोनीत सदस्यहरुलाई स्वागत गरि पदस्थापन गराएको हो । एक वर्ष अगाडी नै अधिवेशन मार्फत नयाँ समितिको चयन गरेको आश्रमले   आश्रमको विधान अनुसार गूरुपद्धतीबाट मनोनीत गर्न बाकी ५ जनालाई मनोनयन गरेको  आश्रमलेजनाएको छ । 

आश्रमको प्रमुख सरक्षक सहित  संरक्षक मण्डलको सचिवायले परिषदको विधानको परिच्छेद ४ दफा १५ उपदफा ग मा उल्लेखित व्यवस्था अनुसार ५  सदस्यहरुलाई मनोनयन गरेको हो । मनोनीत हुनेहरुमा योगाचार्य योगी खेचरनाथः, डा दयानाथ, सिर्जना अर्याल,श्री डिल्लिराम पोख्रेल ’ रीना कोइराला रहुनुभएको छ । यस अघि निवार्चन प्रकृयाबाट २२ को जना केन्द्रिय समिति चयन गरिएको थियो । 

सो कार्यक्रममा बोल्दै आश्रमका सरक्षक शान्त प्रसाद पोखरेलले आश्रम गुरु ,शिष्य पद्धतीको मार्गदर्शक भएको भन्नुहुदै आश्रमको हित अनकुल सबैले कार्य गर्न आग्रह गर्नुभयो । उहाँले आश्रमममा जोडीनु भनेको सत्र्कमको बाटो पहिल्याउनु हो भन्नुहुदै पुरातत्वका विलक्षण ज्ञाता एवं प्रवक्ता हिमवतखणडका प्रथम अन्वेषक सम्पादक एवं अनुबादक राष्ट्रगुरु  योगी नरहरिनाथ चिन्ने अभियानमा लाग्नपर्नेमा जोड दिनुभयो ।

 सो कार्यक्रम आश्रमका अध्यक्ष शैलेन्द्र कुमार पियाको अध्यक्षता भएको थियो । सो अवसरमा उहाँले परिषद्ले केहि कार्यहरु अघि बढाएको जानकारी गराउनुहुदै योगी नरहरिनाथले लेख्नुभएका कृतिहरुको पुन प्रकाशनमा लाग्ने बताउनु भयो । कार्यक्रमा सरक्षक पोखरेल सहित अध्यक्ष पिया , उपाध्यक्ष राम प्रसाद ओस्ती ,महासचिव अशोक पोखरेल लगायतका पदाधिकारी सहित समिति परिवारले खादा र रुद्धाक्ष मालालाले नवमनोनीत सदस्यहरुलाई स्वागत गरिएको थियो ।

सो कार्यक्रममा आश्रमका केन्द्रिय समिति सदस्य एव गुरुकुलका सयोजक रहनुभएको वाग्मती प्रदेशसभा सदस्य विनु रायमाझी पौडेल  , सचिव द्धय नवराज ढकाल ,लोमश श्रेष्ठ कोषाध्याक्ष श्री वद्रि प्रसाद अधिकारी, सहकोषाध्याक्ष दुर्गा देवी अधिकारी , केन्द्रिय सदस्य सुकमाया भुजेल ,टेक बहादुर थापा ,  दुर्गा प्रसाद   भन्डारी ,जनकबन्धु अर्याल  , प्रेम कुमारी तमाग,  प्रशाशन  प्रमुख कमल पाण्डे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा आश्रममा नै सञ्चालीत गुरुकुलका बटुकहरुबाट स्वतीवाचन गरि गरिएको सो कार्यक्रममा आश्रमको नविकरण , कार्यविधि लगायतका विषयमामा पनि छलफल गरिएको महासचिव पोखरेलले जानकारी गराउनु भयो । 

आश्रममा स्थानिय प्रजातीका १८० भन्दा बढि गो वंशलाई सरक्षित गरिएको छ । साथै सबैजातजातिका बालकहरुले सस्कृत सहितको गुरुकुल शिक्षा पद्धती पठनपाठन गराउदै आइएको छ । हाल आश्रममा प्राकृतिक अस्पताल पनि सञ्चालन हुदै आएको छ । सो आश्रम परिसर   राष्ट्र योगी नरहरिनाथ पहिलो कोटिहोम लगाउनु भएको  स्थान पनि हो । यस आश्रम परिसरमा पुरातात्विक महत्वका ऐतिहासिक मठमन्दिर ,ईनार , ईट्टाहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस