जन्मदिनको अवसर पारेर खनालले गरे १७ हजार भन्दा बढी बालिका आश्रमलाई सहयोग

चितवन,१५ असोज । गैँडाकोट १५ का  जापान टोकियो निवासी अमृत खनालले बालिका आश्रममा सहयोग गर्नु भएको छ ।

देवघाट १ मा रहेको श्री राम जानकी वालिका आश्रम कन्या गुरुकुलमलाई आज परेको जन्मदिनको अवसरमा बालिका आश्रमको आजीवन सदस्य बन्दै १ छाक भोजन गरी १७ हजार २ सय ६३ रकम  सहयोग गर्नुभएको छ। 

हाल परिवारका साथ जापान को टोकियोमा बस्दै आउनु भएको उहाँले जन्मदिनको अवसरमा असहाय अनाथ बालिकाहरू संरक्षण गर्दै आएको बालिका आश्रममा सहयोग गर्न पाउँदा खुसी लागेको बताउनु भयो।

आश्रममा अहिले ३४ जना किशोरीहरूले आश्रय लिई रहेका छन् । उनीहरूले आश्रय मात्रै लिएका छैनन् संस्कृत विधाको अध्ययनसँगै वाचक र पण्डितहरू बनिरहेका छन् । सबेको सहयोगले नै आश्रम सञ्चालनमा सहयोग पुगेको आश्रमका अध्यक्ष सावित्री माताले बताउनु भयो ।

प्रतिकृया दिनुहोस