मानव रक्षाका लागि शान्तिको पक्षमा उभिन विश्व हिन्दु महासंघकाे अपील

काठमाडौँ,२ कार्तिक । मानव रक्षाका लागि शान्तिको पक्षमा उभिन विश्व हिन्दु महासंघले अपील गरेकाे छ । आज एक वक्तव्य जारी गर्दै विश्व हिन्दु महासंघ केन्द्रीय (अन्तर्राष्ट्रिय) समिति भनेको छ - रुस र युक्रेनको युद्ध रोक्ने प्रयास असफल भइरहेको अबस्थामा मध्यपूर्वमा हमास विद्रोहीले इजरायल माथि आक्रमण गरेपछि बल्झिएको युद्धले समग्र विश्वलाई नै अशान्त र त्राशदीपूर्ण अबस्थामा पुर्‍याएको छ । संसारमा आजसम्म भएका जुनसुकै युद्धबाट पनि कोही कसैले लाभ प्राप्त गर्न नसकेको मात्र नभई मानव मात्रले ठूलो क्षति बेहोर्नुपरेको दुर्दान्त परिणामलाई स्मरण गर्दै, युद्धरत पक्षहरूलाई मानवताविरोधी यस कार्यबाट पछि हटी मानव रक्षाका लागि शान्तिको पक्षमा उभिन हार्दिक अपील गर्दछौं । पुनश्च: आणविक/सशस्त्र युद्धबाट कसैको जीत नहुने बरु मानवताको हार हुने भएकोले हमास विद्रोही एवं प्यालेस्टाइन र इजरायल सरकारलाई युद्धबाट पछि हटी मानवताको पक्षमा उभिन हार्दिक अपील गर्दछौं ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

माफी माग्न नसकेर भिडियो तोड्मोड भनिएको भन्दै धार्मिक संघसगठन द्धारा कारबाही माग

चितवनराष्ट्रिय स्वतन्त्र पार्टीका बाँके ३ का प्रतिनिधिसभा सदस्य  उम्मेदवार  खगेन्द्र सुनारको  सञ्...