शैलजा आचार्य स्मृति प्रतिष्ठानद्वारा महासचिव स्व. गौडेलकाे शाेक प्रस्ताव पारित

चितवन,६ कार्तिक । शैलजा आचार्य स्मृति प्रतिष्ठानले श्रद्धाञ्जली सभा आयोजना गरेको छ।

आइतबार स्व.पूर्ण प्रसाद गाैडेलकाे निवासमा पुगि प्रतिष्ठानले शोकसभा आयोजना  गरेको हो । शोक सभामा वाग्मती प्रदेश सभा सदस्य विनु रायमाझी पौडेल , माया श्रेष्ठ प्रतिष्ठानका अध्यक्ष उमा रेग्मी, उपाध्यक्ष पार्वती शाह, सचिव विष्णु  प्रसाद शर्मा, कोषाध्यक्ष छली कुमारी शर्मा, सदस्यहरु ठाकुर कुमारी शर्मा(ठगुमाया), विष्णु माया पौडेल लगायत बिनोद पौडेल, राज कुमार दाहालको उपस्थिति रहेको थियो । सो शोक सभा प्रतिष्ठानका अध्यक्ष उमा रेग्मीको सभाध्यक्षमा सम्पन्न भएको थियो ।

शैलजा आचार्य स्मृति प्रतिष्ठानका केन्द्रीय महासचिव पूर्ण प्रसाद गौडलेको यहि कार्तिक १ गते बुधबार ६२ वर्षको उमेरमा हृदय घातका कारण चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियाे ।

२०१८ साल वैशाख १५ गते पिता गणेशदत गौडेल र माता भगवती गौडलेको कान्छो छोराको रूपमा जन्मिनुभएको स्व. गाैडेल शैलजा आचार्य स्मृति प्रतिष्ठानको केन्द्रिय महासचिव, नवलपुर जिल्ला सभापति नेपाली काँग्रेस गण्डकी प्रदेश स्थानीय  समन्वय समितिका उप संयोजक, काँग्रेस नवलपुर जिल्लाको क्षेत्रीय प्रतिनिधि, धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका आजीवन सदस्य लगायत दर्जन भन्दा बढी सङ्घ संस्थामा आबद्ध हुनुहुन्थ्यो ।


गौडेल नेपाल सरकारको निजामती सेवामा ३५ वर्ष सेवा गरी विगत ५ वर्ष अगाडी सेवा निवृत्त हुनुभएको थियो । सेवामा रहँदा उहाँ कर्तव्यनिष्ठ सेवकको रूपमा कार्यरत हुनहुन्थ्यो । असल कर्तव्यनिष्ठ कर्मचारी भएकै कारण उहाँ नेपाल सरकारबाट गोरखा दक्षिण वाहु पदकबाट सम्मानित हुनु भएको थियो । उहाँको श्रीमती  दुई छोरा र एक छोरी हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस