बालिका आश्रमका वालिकालाई सामुहिक टीका जमरा

भरतपुर,१० कात्तिक । भरतपुर २२ पटिहानीका केही महिलाले भरतपुर १ मा रहेको रामजानकी बालिका आश्रमका वालिकाहरुलाई दशैको टीका र जमरा लगाई दिनुभएको छ।

यस वर्षको चतुर्दशी तिथिका दिन आज बालिका आश्रममा ने गएर बालिकागरुलाई टीका लगाईदिनु भएको हो । पटिहानीका अनिता आचार्य ,मिना शर्मा ,निरा घिमिरे महत्तो र प्रास्ना आचार्य सामुहिक टीका लगाईदिनु भएको छ। उहाँहरुले विगत ७ वर्ष देखि टीका लगाईदिदै आउनु भएको छ ।

कार्यक्रमका आचार्यले वालिकाहरुको अभिभावक बन्दै टीका लगाईदिन पाउँदा खुशी लागेको बताउनु भयो ।उहाँहरु आश्रमको आजिवन सदस्य पनि हुनुहुन्छ । आश्रममा हाल ३४ जना वालिकाहरु रहेका आश्रमका सहयोगी दाताहरुको हातबाट टिका थाप्न पाउदा बालिकाहरुले पनि गौरवान्तित भएको बताएका छन् |

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मस्तिष्कलाई असर गर्ने खराब निद्रा वारे जानौ

कम निद्राले सबै मानिसको मस्तिष्कमा एउटै किसिमको असर गर्दैन । केही व्यक्तिमा खराब निद्राले अल्जाइम...