जन्मदिनको अबसर पारेर दुई आश्रमलाई तरकारी वितरण गरे भरतपुर-२५ रातापुरका महतोले


रातापुर,१४ कार्तिक । जन्मदिनको अबसर पारेर भरतपुर महानगरपालिका २५ भगौली रातापुर निवासी बोदराज महतोले दुई आश्रमलाई तरकारी वितरण गर्नु भएको छ ।

श्री वागिश्वरी आध्यात्मिक परिषद योगि नरहरिनाथ आश्रम र श्री राम जानकी बालिका आश्रम देवघाटधाममा छाेरा अनिष महताे २१ वर्ष पार गरि २२ औं वर्षमा प्रवेश गरेको अबसरमा आश्रमलाई करिब १ क्विन्टल ५० के.जी बराबरकाे काक्रो, फर्सी लगायतका तरकारी सहयोग गर्नु भएको हो ।

बोदराज महतो र रिना महतोको एक मात्र छाेराकाे रुपमा जन्मिनुभएको उहाँ विगत १ बर्षदेखी वैदेशिक रोजगारीको शिलशिलामा युएईमा हुनुहुन्छ ।

उहाँको दिदी अनुषा महतो र वहिनी नारायणी महतो हुनुहुन्छ । छोराको जन्मदिनमा यसरी आश्रमलाई दान गर्न पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि दान गर्ने महतोको बुवा आमाले बताउनुभयो । यसअघि पनि उहाँहरुले छोरीको जन्मदिनमा आश्रमलाई सहयोग गर्दै आउनु भएको थियो ।

प्रतिकृया दिनुहोस