नेपाललाई हिन्दू राष्ट्र कायम गर्न विश्व हिन्दू महासङ्घको माग

अर्घाखाँची,२१ कात्तिक । विश्व हिन्दू महासङ्घ जिल्ला कार्य समितिले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग गरेको छ । 

महासङ्घले आज आयोजना गरेको हिन्दू धर्मसम्बन्धी अन्तक्र्रियामा विश्व हिन्दू महासङ्घका केन्द्रीय उपाध्यक्ष दधिराम शर्माले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले हिन्दू राष्ट्र घोषणा हुन नसके नेपालकै अस्तित्व खतरामा रहेको जिकीर गर्नुभयो ।

विश्व हिन्दू महासङ्घका केन्द्रीय सचिव पुनाराम पोख्रेलले विद्यालयस्तरमा संस्कृत शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभयो । संस्कृत भाषा विश्वको मुख्य र पुरानो भाषा हुँदा पनि यसको महत्त्व नेपालले बुझ्न नसकेको उहाँको टिप्पणी थियो । 

कार्यक्रममा विश्व हिन्दू महासङ्घका केन्द्रीय सदस्य लोकनाथ पाण्डे, प्रदेश सचिव कमलकान्त पौडेल हिन्दू धर्म रक्षा परिषद् नेपाल केन्द्रीय अध्यक्ष नारायण खनाललगायतले देशलाई हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस