श्रद्धान्जली सभा सम्पन्न

चनौली,२९ मसिर । नेपाली काग्रेस भरतपुर १८ र १९ ले लगायतका विभिन्न पार्टीले आज शुक्रवार शोकसभा सम्पन्न गरेका छन् ।

नेपालमा लोकतन्त्रलाई सस्थागत गर्नै अभियानमा लाग्नुभएका लोकतान्त्रिक योद्धा  राम प्रसाद अर्याल र तुलसी देवी क्षेत्री (घिमिरे) दिवगत हुनुभएको ९ औ दिनको पुण्य तिथीका सन्र्दभमा उहाँहरुको निवासमा श्रद्धान्जली सभा आयोजना गरिएको हो । नेपाली काग्रेस भरतपुर १९ वडा समितिले विहान  स्व. अर्यालको निवास भरतपुर १९ गुज्नगरमा आयोजना गरेको शोकसभाका प्रमुख अतिथी काग्रेस चितवनका पूर्व पार्टी सभापति समेत रहनुभएका काग्रेसका केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ
रहनुभएको थियो ।

सो क्रममा उहाँले नेपालमा लोकतन्त्रलाई ल्याउन धेरैको योगदान रहेको बताउनु भयो । उहाँल स्व. अर्यालले  पार्टीको निर्देशनमा धेरे कार्य गर्नुभएको भन्दै उहाँहरुको योगदान सदा स्मरण सबैले गर्नुपर्ने भनाई राख्नु भयो । काग्रेस भरतपुर १९ वडा सभापति आसमान तमाङको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी सभापति राजेश्वर खनाल, परिवारका तर्फबाट स्व अर्यालका भाई नेपाल निवृत शिक्षक सघ केन्द्रिय अध्यक्ष धुर्वराज शर्मा अर्यालले बोल्नुभएको थियो ।

कार्यक्रमा सविधान सभा सदस्य विष्णु माया परिवारले व्याक्तिगत  समेवदाना पत्र  समेत परिवारलाई हस्तान्तरण गर्नुका भएको थियो  भने पार्टीको समवेदानपत्र भने प्रमुख अतिथी गुरुङ, सभापति खनाल, पार्टीका पूर्व सभापति तोपमान सिह गुरुङ, जिल्ला सचिव धुव्रराज पोखरेल, क्षेत्रिय सभापति लाल बहादुर दवाडी, प्रदेश सभापति खेमनारायण सापकोटा लगायतले हस्तान्तरण गर्नुभएको थियो । स्व. अर्यालको यही मसिर २१ गते ८१ वर्षको उमेरमा निधन भएको थियो । उहाँको श्रीमती, १ छोरी र ५ छोरा रहेका छन् । स्थानिय सरकारको पूर्व वडा अध्यक्ष, सदस्य समेत रहनुभएका अर्याल  नेपाली काग्रेस भरतपुर १९ का क्रियासील सदस्य समेत रहनुभएको थियो ।

यसैगरि आज नै काग्रेस भरतपुर १८ वडा समितिले पनि नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान दिनुभएको तुल्सी देवी क्षेत्रीको सम्झनामा काग्रेस भरतपुर १८ वडाले  शोकसभा आयोजना गरेको थियो । आज परेको ९ औ दिनको पुण्य तिथिका दिन आयोजीत सो सभाको अध्यक्षता काग्रेस भरतपुर १८ का सभापति रामकृण्ण पन्डितको अध्यक्षतामा सम्पन्न भएको थियो । काग्रेस वडा १८ का सचिव दिनेश तमाङले सहजिकरण गर्नुभएको सो कार्यक्रममा दिवगत क्षेत्रीको योगदान बारे काग्रेस १८ का  नेता उहाँको छिमेकी कृण्ण पान्डेले प्रकाश पार्नु  भएको थियो ।

शोकसभा पुर्व काग्रैस केन्द्रिय सदस्य टेक प्रसाद गुरुङ, काग्रेस चितवन सभापति राजेश्वर खनाल, पार्टीका पूर्व सभापति तोपमान सिह गुरुङ, जिल्ला सचिव धुव्रराज पोखरेल, क्षत्रिय सभापति लाल बहादुर दवाडी, प्रदेश सभापति  रोशन शाही, खेमनारायण सापकोटा लगायतका नेता तथा कार्यक्रताहरुले समवेदना अपर्ण गर्नुभएको थियो । 

सामाजीक साथसाथै धार्मिक कार्यमा अग्रसर क्षेत्रीको गत मसिर २१ गते नै ७८ वर्षको उमेरमा निधन भएको थियो । उहाँको ३ छोरा र ३ छोरी रहनुभएको छ । दिवगत क्षेत्रीको को स्मृतिमा  नेपाल कमनिष्ट पार्टी माओवादी भरतपुर १८ समित, राष्टिय स्वतन्त्र पार्टी भरतपुर १८ समितिले पनि श्रद्धान्जली सभा आयोजना गरेका थिए ।

प्रतिकृया दिनुहोस