स्वर्गीय रानाभाटको ७ औँ दिनको पुण्यतिथीमा विभिन्न संघ संस्थाद्धारा श्रद्धाञ्जली सभा सम्पन्न

चितवन,४ पुस । आमाको काजकिरिया गरिरहेका छोरीहरुले सामाजिक रुपान्तरण टेवा पुगेको भन्दै उनीहरुको निवासमा नै पुगरे श्रद्धाञ्जली दिने क्रम वढिरहेको छ । उनीहरुको आमा  स्वर्गीय ज्ञानु माया रानाभाटको ७ औँ दिनको पुण्यतिथीका दिन हिजो मंगलवार चितवनका विभिन्न संघ संस्था द्वारा श्रद्धाञ्जली सभा आयोजना गरेका छन् ।

आदर्स नारी विकास केन्द्र, नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाको समन्वयमा लगायत विभिन्न संघ सश्थाको आयोजनामा निवास भरतपुर महानगरपालिका २० चनौलीमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा नेकपा एमाले भरतपुर २० वडा कमिटीका अध्यक्ष मेनका रायमाझीको सभा अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) वडा कमिटी, चनौली टोल विकास संस्था, चनौली बजार व्यवस्थापन समिति र नेपाल रेडक्रस चनौली उपशाखाले शोक सभा सम्पन्न गरेको हो ।

शोक सभामा बोल्दै प्रमुख नारायण प्रसाद अधिकारीले संसारमा जतिसुकै भगवान् भेटिए पनि आमा जतिको भगवान् भेट्टाउन गाह्रो हुने र भगवान्ले सबै ठाउँमा नभ्याउने हुने भएकोले हरेक घरमा भगवान् को रूपमा आमा बनाइएको बताउनु भयो ।

उहाँले समाजको रिति परिवर्तन गर्न आमाको मृत्यु पश्चात् कपाल मुन्डन गरेर बसेका छोरीहरूलाई हौसला प्रदान गर्नु भएको थियो ।

शोक सभामा भरतपुर महानगरपालिका वडा नम्बर २० का  वडाध्यक्ष मुक्ति प्रसाद घले, जिल्ला समन्वय समितिका सदस्य कृष्णभतm भट्टराई, नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाका सभापति ओम प्रसाद लामिछाने, खानेपानी सरसफाइ उपभोक्ता समितिका अध्यक्ष महेन्द्र गुरुङ, चनौली बजार व्यवस्थापन समितिका उपाध्यक्ष छली माया, चनौली टोल विकास संस्थाका अध्यक्ष कालिका खनाल, नेपाली काँग्रेस जिल्ला उपसाभापती सालिकराम पौडेल, भूमि आयोग चितवन सदस्य लक्ष्मी कान्त दवाडी लगायत स्थानीय पत्रकार तथा स्थानीय व्यतित्ववहरुको उपस्थिति रहेको थियो । 

ब्रेन ट्युमरका कारण स्वर्गीय ज्ञानी माया रानाभाटको ५१ वर्षको उमेरमा यही मङ्सिर २७ गते निधन भएको थियो । उहाँको निधन पश्चात् उहाँका विवाहित माइली छोरी मालती रानाभाट सहित अन्य ३ छोरीहरू चन्द्रा,नेत्रमाया र रितु रानाभाटले कपाल मुन्डन गरेर आमाको क्रिया बसेका छन् । ६ जना छोरीहरू मध्ये जेठी छोरी डालीमाया अशक्त हुनुहुन्छ भने साईली छोरी मैनाले सानो बच्चाको कारण ठाडो क्रिया गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस