बागिश्वरीमा गुरुकुल भवनको शिलान्यास

चितवन,४ पुस । श्री बागिश्वरी आध्यात्मिक परिषद योगीनरहरिनाथ आश्रम द्वारा संचालित समावेशी गुरुकुलम् भवनको को आज एक कार्यक्रममा विच शिलान्यास गरिएको छ।

भरतपुर महानगरपालिका १ देवघाटधामको बागिश्वरी आश्रम परिसरमा निर्माण गरिन लागिएको सो भवनको बाग्मती प्रदेश सदस्य बिनु रायमाझी पौडेलले शिलान्यास गर्नुभएको छ | गुरुकुलका संयोजक समेत रहनुभएका प्रदेश सदस्य पौडेलले भवन निर्माण भएसगै गुरुकुललाई थप व्यवस्थित गर्न सकिने बताउनुभयो । उहाँले समावेशी गुरुकुल देशकै नमुना बनाउन सकिने बताउदै विश्वको प्रथम भाषा संस्कृतको संरक्षणमा समावेशी गुरुकुल हुन सक्ने धारणा राख्नुभयो ।

शिलान्यास कार्यक्रममा परिषद्का प्रमुख संरक्षक याोगी श्रृषनाथः, कार्यबाहक अध्यक्ष पुर्ण बहादुर श्रेष्ठ,पुर्व कार्यबाहक अध्यक्ष ऋषिराज पान्डे, देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष बद्री अधिकारीलगायतकाले वर्तमानमा गुरुकुलीय शिक्षाको आवश्यकता बारे बोल्नुभएको थियो । गुरुकुलका सह संयाेजक ( निर्माण समिति अध्यक्ष ) रीना काेईरालाकाे अध्यक्षता भएको सो परिषद् महासचिव अशोक पोखरेलले सहजिकरण गर्नुभएको थियो ।

 शिलान्यासको पुजा गुरुकुल प्राचार्य माधव पौडेलले गर्नुभएको थियो भने गुरुकुलका बटुकहरुले मंगलाचरण सहित स्वती वाचन गरेका थिए । योगी नरहरिनाथ सस्कृत गुरुकुलम प्रकल्प मार्फत विं.स २०७५ सालमा सबैका लागि सस्कृत शिक्षा भन्ने अभियान का साथ समावेशी गुरुकुल सञ्चालन गरिएको हो । यहाँ हाल ४२ जना बटुकहरु कक्षा १० अध्यन गरिरहेका छन् ।आवासिय सुविधाका साथ अध्ययन गराईने गुरुकुलको लागि साढे छ करोड लागतको नया भवन निर्माण गरिन लागिएको बताईएको छ |

प्रतिकृया दिनुहोस