संस्कृति मन्त्रीको अभिव्यक्ति दुर्भाग्यपूर्ण

काठमाडौं,५ पुस । संस्कृति मन्त्री सुदन किराँतीले हिजो एक कार्यक्रममा क्रिस्चियनको विरोध गर्ने संविधान विरोधी भएको र त्यस्ता देशद्रोहीलाई जेल कोच्नुपर्ने भनी दिएको अभिव्यक्तिको विश्व हिन्दू परिषद, नेपाल र नेपाल सन्त समाजले कडा शब्दमा विरोध गर्दै किराँतीलाई मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको छ ।

परिषद् नेपाल र सन्त समाजले आज  छुट्टाछुट्टै विज्ञप्ति जारी गरी सो माग गरेका हुन् ।

विश्व हिन्दू परिषद, नेपालद्धारा जारी विज्ञप्तीमा यस्तो भनिएको छ।
नेपाल बहुसंख्यक सनातनीहरुको बसोबास भएको राष्ट्र हो। नेपाल सरकारको जिम्मेवार पदमा रहेका बहालवाला सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बहुसँख्यक सनातनीहरुको आस्था एवं मनोभावना माथि चोट पुग्नेगरी दिएको गैरजिम्मेवार एवं अशोभनिय अभिव्यक्ति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको मौलिक धर्म(सँस्कृति, संस्कार(सभ्यता र पहिचान बुझेको व्यक्ति संस्कृति मन्त्री हुनुपर्ने सामान्य मान्यता रहेको छ । बहुसंख्यक सनातनीहरुको बसोबास भएको देशको सँस्कृति मन्त्री नै सनातन धर्मको विरुद्धमा देखिनु नेपालीहरुका लागि आफैमा दुर्भाग्यपूर्ण विषय हो। हालै सँस्कृति मन्त्री सूदन किरातीले ूखिष्टियन धर्म नमान्ने सबै संविधानका विरोधी एवं राष्ट्रघाती हुनू भनी दिएको अभिव्यक्ति सनातनीहरु माथिको ठाडो प्रहार हो । मन्त्री किरातीले दिएको उक्त अभिव्यक्तिले उनी आयातित धर्मका संरक्षक हुन् भन्ने तथ्य प्रष्ट पारेको छ । सनातनीहरुको करवाट तलब खाएर सनातन धर्म र सनातनीहरु माथी प्रहार गर्दै विदेशी धर्मको संरक्षण गर्ने मन्त्री बहुसंख्यक नेपालीलाई आवश्यक नरहेको हाम्रो ठहर हो । बहुसंख्यक नेपालीको मनोभावनाको कदर गर्दै यथाशीघ्र माफि माग्दै मन्त्री पदबाट राजीनामा नदिए हामी कठोर कदम चाल्न बाध्य हुनेछौं । कथित राजनेताद्वारा पटक(पटक सनातन हिन्दू विरोधी वक्तव्य दिईनुले उनी विधर्मी शक्तिद्वारा परिचालित रहेको समेत स्पष्ट भएको छ । त्यस्ता धर्म सँस्कृति विरोधी तत्वहरुलाई साथ दिने जुनसुकै राजनैतिक दल, समुहको राजनैतिक अस्तित्व समाप्त पार्न सनातनी हिन्दू धर्मावलम्बी एवं विश्व हिन्दू परिषद नेपाल लगयातका संगठनरू पछि पर्ने छैनन् । नेपालको मौलिक धर्म सँस्कृति विरुद्ध चौतर्फी आक्रमण भैरहेको वर्तमान परिस्थितिमा बहुसंख्यक हिन्दू समाज संगठित हुनुको विकल्प छैन । हामी समय मै सावधान भएनौं भने परिस्थिति झन प्रतिकुल हुने निश्चित छ । हाम्रा बिच सक्रिय रहेका असामाजिक हिन्दू विरोधी तत्वहरुको समय मै पहिचान गरी पूर्ण बहिष्कार गर्न सम्पुर्णलाई विश्व हिन्दू परिषद नेपाल हार्दिक अपिल गर्दछ । साथै धार्मिक, सांस्कृतिक र संवैधानिक मर्यादालाई आघात गरेर सामाजिक सद्भाव माथि कुठाराघात हुने प्रयास प्रति सचेत रहन्
सम्बन्धित सबै पक्षसँग अनुरोध समेत गर्दछ ।

नेपाल सन्त समाजको विज्ञप्तीमा यस्तो भनिएको छ | यस्तै सदियौँदेखि चलिआएको धार्मिक सहिष्णुता , सद्भावलाई दखल पुर्याउन जनचाहना विपरीत नेपालमा धर्मनिरपेक्षता लादिएको र बेलाबेलामा यहाँ मिलेर बसेका समुदायमा जाति , भाषा,धर्म र सम्प्रदायबिच भेदभाव र घृणा फैलाई आपसमा विभेद खडा गर्न धार्मिक आस्थामाथि प्रहार गर्ने काम हुन लागेको र नेपाललाई जातीय र धार्मिक द्वन्द्वमा फसाई आफ्नो साम्राज्य विस्तार गर्ने दुराशयका साथ विधर्मीहरू भ्रम छर्न व्यस्त रहेको जनाउँदै केहि स्वार्थी व्यक्तिहरूले बेलाबेलामा धार्मिक तथा जातीय सद्भाव भड्काउने गैर जिम्मेवार अभिव्यक्ति दिने गरेको र त्यसैको निरन्तरता स्वरूप मन्त्री सुदन किराँतीको अभिव्यक्ति आएको र यस किसिमको अभिव्यक्ति सनातन धार्मिक आस्थामाथिको प्रहार र अक्षम्य अपराध हो भन्दै धर्मरक्षाका लागि सम्पूर्ण ॐकार परिवार एकजुट हुन र धर्मनिरपेक्ष व्यवस्थालाई समाप्त पारी धर्मानुप्राणित शासन व्यवस्थाको स्थापनाका लागि तयार रहन नेपाली जनसमुदायमा अपिल समेत गरेको समाजको विज्ञप्तीमा भनिएको छ ।

यसैबिच मन्त्री किराँतीको अभिव्यक्तिको विरोधमा विश्व हिन्दु महासङ्घ चितवनले आज नारायणघाटको पुलचोकमा बेलुका ४:३० बजे विरोध प्रदर्शन गर्ने महासङ्घका चितवन अध्यक्ष प्रेम गैरेले जानकारी दिनुभएको छ।


प्रतिकृया दिनुहोस