स्वर्गिय रानाभाटको १० औं दिनको पुण्य तिथिमा विभिन्न संघ संस्थाहरुद्धारा श्रद्धान्जली अपर्ण

चितवन,७ पुष । स्वर्गीय ज्ञानीमाया रानाभाटको १० औं दिनको पुण्य तिथिमा शुक्रबार विभिन्न सामाजिक संघ संस्थाहरुको आयोजनामा बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीको  प्रमुख आतिथ्यतामा शोकसभा कार्यक्रम सम्पन्न भएको छ ।

शोक सभाका प्रमुख अतिथि बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्का भन्डारीले किरिया पुत्री बसेका छोरीहरुको आँट सहासलाई सम्मान गर्नुहुदै, आमाको काजकिरिमा सामेल हुन दिएकोमा विवाहित छोरीको परिवार र श्रीमान प्रति सम्मान व्यक्त गर्नु भयो । नारीहरु, धर्तीको स्वरुप हुनाले नारीलाई कसैले अवहेलना नगर्न मन्त्री भण्डारीले अनुरोध गर्नुभयो ।

कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्यद्वय बिनु रायमाझी र माया श्रेष्ठले पनि छा्रीहरुलाइ हौसला प्रदान गर्दै उहाँहरुको साथमा सगै हातेमालो सहकार्य गर्ने प्रतिवद्वता व्यक्त गर्नु भएको थियो ।

यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव एवम् रेडियो साहिनोको कार्यकारी अध्यक्ष सिर्जना अर्यालले सन्तान  सबै बराबर  भएकोले जन्मदिनने आमाबाबुको  काजकिरिया अधिकार छोराछोरी  दुवैलाई हुने वताउनु भयो ।  किरिया गर्नेलाई किरिया पुत्री भनिने हुनाले छोरीहरु किरियापुत्री हुन नमिल्ने हुनसक्छन् र भन्दै प्रश्न गर्नुभयो ।

कार्यक्रममा  रामजानकी बालिका आश्रम देवघाटका बालिकाहरुले गीता पाठ गर्नुभएको थियो । सो कार्यक्रममा आश्रमका अध्यक्ष नेपाली माता, चितवनको पहिलो महिला सस्था, नारी जागरण केन्द्र भरतपुर १८ गुन्जनगरकी सचिव कल्पना क्षेत्री, छोरीका लागी छोरी संस्था भरतपुर १० कि अध्यक्ष मुना पाण्डे, हाम्रो भरोसा नेपाल भरतपुर १० कि अध्यक्ष सिन्धु ढकाल, रानाभाट समाज नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष हरि रानाभाट, चितवन जिल्ला अध्यक्ष राजु रानाभाट, महिला अधिकारकर्मी शोभा खड्का, सर्मिला हमाल, विपुला घिमिरे, हरिकला ढकाल, सीता पान्डे, सानुमाया गैरे, अन्जु अधिकारी, तारा रानाभाट, रेडियो साहिनो भरतपुर १८ का अभिभावक बिष्णु ढकाल, बिष्णुमाया अर्याल, भिमनगर माविका सहायक प्रधानाध्यापक सविन न्यौपाने, शिक्षक यम बहादुर रानाभाट सहित विधार्थीहरु, सोच परिवर्तन नेपालका अध्यक्ष शिवराज कंडेल, भरतपुर महानगरपालिका २० का वडा सदस्य होमराज लामिछाने, नेपाली कांग्रेस भरतपुर १८ सभापति रामकृष्ण पन्डित,१९ सभापति आसमान तमाङ, सचिव मसिना गुरुङ, नेपाल रेडक्रस सोसाइटी उपशाखा चनौलीका सभापती ओम प्रसाद लामीछाने, गुन्जनगरका सभापति हरिराज अर्याल, सामाजिक व्याक्तित्व, एक नारायण पौडेल, राजकुमार श्रेष्ठ, देवीप्रसाद ढकाल, अर्जुन पोखरेल, कृष्ण पान्डे, लगायत स्थानीय बासीहरुको कार्यक्रममा उपस्थिती रहेको थियो ।

ब्रेन ट्युमरका कारण स्वर्गीय ज्ञानी माया रानाभाटको ५१ वर्षको उमेरमा यही मङ्सिर २७ गते निधन भएको थियो । उहाँको निधन पश्चात् उहाँका विवाहित माइली छोरी मालती रानाभाट सहित अन्य ३ छोरीहरू चन्द्रा,नेत्रमाया र रितु रानाभाटले कपाल मुन्डन गरेर आमाको क्रिया बसेका छन् । ६ जना छोरीहरू मध्ये जेठी छोरी डालीमाया अशक्त हुनुहुन्छ भने साईली छोरी मैनाले सानो बच्चाको कारण ठाडो क्रिया गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस