विश्व हिन्दु महासंघ नेपालद्धारा आयोजित श्रीमद्भगवद्गीता प्राकट्य उत्सव सम्पन्न

काठमाडौँ,८ पुस । विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति बाँसबारीको आयोजनामा श्रीमद्भगवद्गीता प्राकट्य उत्सव कार्यक्रम हिजो पुस ७ गते मोक्षदा एकादशीको दिन केन्द्रीय कार्यालय बाँसबारीमा साधनामय एवं आनन्दमय ढंगले सम्पन्न भएको छ । 

 कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख वक्ता जीवन विज्ञान विशेषज्ञ भानु शर्मा हुनुहुन्थ्यो । विशेष वक्तामा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका का वा अध्यक्ष अस्मिता भण्डारी हुनुहुन्थ्यो । अतिथि वक्ताहरुमा भागवत प्रवक्ता पं कैलाश दाहाल र ॐकार टेलिभिजनका संस्थापक अध्यक्ष एवं  राष्ट्रिय कोटिहोम संकल्पकर्ता मुकुन्द शर्मा हुमागाईं हुनुहुन्थ्यो । राष्ट्रिय समितिका महासचिव उत्तमराज भण्डारीले संचालन गर्नुभएको कार्यक्रममा सचिव अर्चना शर्माले उपस्थित व्यक्तित्वहरुलाई स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रम शुभारम्भमा प्रमुख अतिथिद्वारा दीप प्रज्वलन र श्रीमद्भगवद्गीता पूजन भएको थियो भने पं कैलाश दाहाल, पं गोवर्धन निरौला, पं रोहित गर्तौला र ज्यो शिवलाल पौडेलद्वारा स्वस्तिवाचन विष्णुसहस्रनाम पाठ एवं गीताको पुरुषोत्तम योग पन्ध्रौं अध्याय पाठपारायण भएको थियो । 

कार्यक्रममा विश्व हिन्दु महासंघ अमेरीका च्याप्टर सभापति विना पोख्रेल, अन्तर्राष्ट्रिय सचिव मिना सुवेदी केन्द्रीय सदस्य निना भेटवाल, मणिप्रसाद पाठक, राष्ट्रिय कोषाध्यक्ष ऋषिराम पोख्रेल, राष्ट्रिय कार्यकारिणी सदस्य सन्त विभाग प्रमुख लिलानाथ चौलागाईं, रैथाने नेवारी संस्कृति अभियन्ता सुरेश बज्राचार्य, सत्यसाई केन्द्रका मोहन खड्का साइराम, सनातन संस्कार चेतना अभियानका इन्जिनियर घमा भट्टराई खनाल, चरित्र निर्माण संघका उद्धवप्रसाद चैतन्यदीप, राष्ट्रिय आध्यात्मिक ज्योतिष विज्ञान प्रतिष्ठानका अध्यक्ष ज्यो पं टेकराज ढुंगेल शास्त्री र महासचिव सुरेन्द्र पौडेल, नेपाल ज्योतिष परिषद केन्द्रीय सदस्य शिवलाल पौडेल, पूर्व सहसचिव एवं ब्राह्मण समाजका महेश्वर पौडेल, पूर्व सिडियो योगसाधक रुद्रनाथ बस्याल, केन्द्रिय सदस्यहरु डा राधाकृष्ण ढुंगाना, सुशीला मिश्र, बलराम नेपाल, रामप्रसाद वन, अर्जुनबहासुर शाही, सुनिता शाह, रामकृष्ण भट्ट, केशवप्रसाद चौलागाईं, बलराम शिवाकोटी, लेखबहादुर टण्डन,मोहन सेन, बागमती अञ्चल सभापति कमलबहादुर सिलवाल, पूर्व एस पी समाजसेवी रामहरि पाण्डे, पर्यटन उद्यमी नानीराम पाण्डे, राष्ट्रिय धर्मसभा नेपाल कोषाध्यक्ष देवीप्रसाद पाठक, राष्ट्रिय धर्मसभा भक्तपुर अध्यक्ष उत्तम घिमिरे, जीवन विज्ञान कौशलटारका दामोदर दाहाल र शारदा शर्मा, चन्द्रेश्वर मन्दिर समितिका कृष्णबहादुर कार्की, लक्ष्मी न्यौपाने, सर्मिला सापकोटा, शोभा गौतम, देवेकी नेपाल, पार्वती, नमूना वस्ती समाजकी कार्यकारी सदस्य कमला सेढाइं पाण्डे, ॐकार टेलिभिजनका सञ्चालक सदस्य दीक्षा बिष्ट र ललिता सिग्देल, ॐकारवाणीका कमलादेवी धिताल र कपुर पाण्डे, समाजसेवी सावित्री पराजुली, अनिता धिताल , साधक अर्जुन चौलागाईं, ओखलढुंगा सभापति अनन्ता निरौला खनाल, समाजसेवी कृष्णप्रसाद नेपाल, समाजसेवी बुद्ध श्रेष्ठ इनु श्रेष्ठलगायत व्यक्ति व्यक्तित्वको सहभागिता रहेकोे थियो । कार्यक्रममा श्रीमद्भगवद्गीताका प्रमुखपात्र कर्मयोगी अर्जुन जस्तै निरन्तर कर्मयोगमा रहनुभएका जीवन वैज्ञानिक भानु शर्मा, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय का वा अध्यक्ष अस्मिता भण्डारी र ॐकार टेलिभिजन अध्यक्ष मुकुन्द शर्मालाई सम्मान गरिएको थियो ।


प्रतिकृया दिनुहोस