माडीका विद्यालयलाई क्याट बेल्जियमले गर्यो स्टेशनरी सहयोग

माडी,१३ पुस । चितवन सहायता कोष बेल्जियमको सहयोगमा माडी स्थित आधारभूत विद्यालयका छात्र, छात्राहरूलाई झोला सहित स्टेसनरी प्रदान गरिएको छ ।

राष्ट्रिय आधारभूत विद्यालय दिवा नगर माडीका ६० जना विद्यार्थीहरूलाई झोला सहित स्टेसनरी प्रदान गरिएको थियो । सो औपचारिक कार्यक्रमको सभापतित्व क्याटका कुल प्रसाद आचार्य रहनु भएको थियो । प्रमुख अतिथि माडी नगरपालिका वडा सदस्य ढाकामेहन तिमिल्सीना हुनुहुन्थ्यो भने विशिष्ट अतिथि चितवन सहायता कोष बेल्जियमका अध्यक्ष ईश्वरी प्रसाद कँडेल हुनुहुन्थ्यो ।

विद्यालयका शिक्षक, अभिभावक तथा विद्याथीहरुको उपस्थितिमा सो स्टेसनरी सहित झोला वितरण कार्यक्रम राष्ट्रिय आधारभूत विद्यालय दिवा नगर माडीमा सम्पन्न भएको हो । सो कार्यक्रमको सहजीकरण सोही विद्यालयका प्रधानाध्यापक कुमार काफ्लेले गर्नुभएको थियो ।

यसै गरी आज शुक्रवार नै वाल कल्याण आधारभूत विद्यालय जगन्ननथपुरी माडीमा अध्ययनरत २९ जना विद्याथीहरुलाई झोला सहित स्टेसनरी प्रदान गरिएको थियो ।स्टेसनरी तथा झोला वितरण कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरीधारी सुवेदीले गर्नुभएको थियो । प्रमुख अतिथिको भूमिकामा चितवन जिल्ला समन्वय समिति सदस्य बाबुराम सुवेदीले गर्नुभएको थियो ।

विशिष्ट अतिथिको आसन चितवन सहायता कोष बेल्जियमका अध्यक्ष ईश्वरी प्रसाद कँडेल हुनहुन्थ्यो भने अतिथिहरूमा विद्यालयका शिक्षक तथा अभिभावकहरू रहनुभएको थियो । सो कार्यक्रमको सहजीकरण सोही विद्यालयका प्रधानाध्यापक केशवराज अधिकारीले गर्नुभएको थियो ।

त्यसै गरी माडी कै दक्षिण कालिका आधारभूत विद्यालयका ३५ जना विद्यार्थीहरुलाइ झोला सहित स्टेसनरी प्रदान गरिएको थियो । झोला सहित स्टेसनरी वितरण कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ काफ्ले ले गर्नुभएको थियो ,प्रमुख अतिथिको आसन चितवन सहायता कोष बेल्जियमका अध्यक्ष ईश्वरी प्रसाद कँडेल हुनहुन्थ्यो ।

कार्यक्रमको सहजीकरण विद्यालयको सहायक प्रधानाध्यापक शोभा शर्मा गौतमले गर्नुभएको थियो भने, स्टेसनरी समान तथा झोला भरतपुर देखि माडीसम्म पुर्‍याउन सहयोग समाजसेवी भोजराज कँडेल,विष्णु कँडेल र राम कँडेल गर्नुभएको थियो । कोष बेल्जियमका अध्यक्ष ईश्वरी प्रसाद कँडेलले चितवन सहायता कोषले शिक्षा तथा स्वास्थ्यमा स्थापनाकाल देखि सहयोग गर्दै आएको तथा सहयोगमा निरन्तरता दिने भन्ने मन्तव्य दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस