देउसी, भैलो खेलेर सरस्वती मन्दिर निर्माण

तनहुँ,२३ पुस । व्यास नगरपालिका–१२ कमलबारीस्थत सिद्धेश्वरी माध्यमिक विद्यालयले आफ्नो प्राङ्गणमा सरस्वतीको मन्दिर निर्माण सुरु गरेको छ।

दीपावलीका बोला विद्यालय परिवारबाट देउसी, भैलो खेलेर सङ्कलन गरिएको रकमले विद्यालय प्राङ्गणमा मन्दिर बनाउन थालिएको हो। देउसी, भैलोबाट दुई लाख रुपैँया तीन हजार सात सय ४३ सङ्कलन भएको विद्यालयका संयोजक ज्ञानेन्द्र जिसीले जानकारी दिए।

विद्यालय परिसरमा सरस्वतीको मन्दिर नहुँदा सरस्वती पूजाका समयमा समस्या हुने गरेकाले मन्दिर बनाउन विद्यालय परिवार कम्मर कसेर लागेको उनको भनाइ थियो। त्यसैगरी जिल्लाको भानु नगरपालिका–९ स्थित कर्मदा माध्यमिक विद्यालयले देउसी, भैलोबाट उठेको रकमले विद्यालयमा ट्रष्ट निर्माण गर्न लागेको छ ।

देउसी, भैलोबाट चार लाख रुपैँया भन्दा बढी सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार विकले जानकारी दिए। विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको देउसी, भैलोमा सक्रिय सहभागिताले भौतिक संरचना निर्माणमा थप ऊर्जा मिलेको उनले बताए। - रासस

प्रतिकृया दिनुहोस