महिलालाई स्वरोजगार बनाउने उद्देश्यका साथ दिइयो तालिम

ध्रुव,१६ माघ । भरतपुर महानगरपालिका वडा नः २४ मा चप्पल ,पर्स, नेक्लेस बनाउने तालिम समापन भएको छ ।

भरतपुर २४ को आर्थिक सहयोग एवं भूमिका टेक्निकल प्रा ली देवचुली २ नवलपरासीको प्राविधिक सहयोगमा १५ दिन सम्म सञ्चालन भएको तालिममा चप्पल ,पर्स, नेक्लेस बनाउन सिकाइएको थियो । समापन समारोहको अध्यक्षता ग्रहण गर्नु भएको भरतपुर २४ का वडाध्यक्ष राम बहादुर गोदारले कार्यक्रमको सम्बोधन गर्नु हर्दै भरतपुर २४ महानगर भित्रकै बिपन्नताले भरिएको वडा भएको हुँदा आफ्नो वडाको अवस्थाको बारेमा सबै जानकार हुन आवश्यक रहेको बताउनु भयो ।
आफ्नो वडाका महिला दिदीबहिनीको लागि केही सिप मूलक काम सिकाइ स्वरोजगार बनाइ आर्थिक अवस्थामा सुधार गर्न यो तालीमले मद्दत पुग्ने विश्वास समेत अध्यक्ष गोदारले लिनु भएको छ ।तालीम प्राप्त सबैलाई सिकाइलाई  व्यवहार मा उतार्न समेत आग्रह गर्नु हुँदै आगामी दिनका लागी शुभकामना दिनु भयो ।अझै पनि आवश्यक परे सबै जना सल्लाह गरेर सिक्न मन लागेको सिपको बारेमा आफलाइ जानकारी गराउनु आग्रह गर्नु भयो ।
कार्यक्रममा भूमिका टेक्निकल सर्भिस नवलपरासीका निर्देशक दिपा देवकोटाले १५ दिने सिकाइको समयमा सबै सहभागीले धेरै नै लगावको साथ सिकाइमा ध्यान दिनु भएको र अब सिकाइलाई पूर्ण तुल्याउन राम्रा राम्रा सामग्रीहरू उत्पादन गर्दै  बजार सम्म पुराउनका समूह मिलेर काम गर्न आग्रह गर्नु भयो ।
 
यस्तै, सोही कार्यक्रममा वडा भित्र रहेका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको मकै वितरण पनि गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

पूर्व मन्त्री सूर्यमान गुरुङको शालिक अनावरण

 काठमाडौ,२० ,वैशाख । नेपाल सरकारका पूर्व मन्त्री कांग्रेस नेता सूर्यमान गुरुङको शालिक अनावरण गरिए...