अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनको तयारी अन्तिम चरणमा, ज्योतिष, वास्तु तथा तन्त्रका विषयमा छलफल हुने

काभ्रेपलान्चोक,२७ माघ । दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समिति र एष्ट्रो वास्तु एण्ड साइन्सेस हव पटना भारतको संयुक्त आयोजनामा काभ्रेको धुलिखेलमा हुने अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलन २०८० को तयारी अन्तिम चरणमा पुगेको महासंघका केन्द्रीय सभापति आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो ।

सम्मेलनको उद्घाटन संघीय संसद प्रतिनिधि सभाका सभामुख सम्माननीय देवराज घिमिरेले गर्ने तय भएको दक्षिण एसियायी ज्योतिष महासंघका प्रवक्ता ज्यो.रविन पङ्गेनीले बताउनुभयो ।

कार्यक्रममा नेपाल पन्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी, विश्व ज्योतिष महासंघका अध्यक्ष डा.लोकराज पौडेल, एसियन एष्ट्रोलोजर कङ्रेस अध्यक्ष मण्डलका महासचिव प्राडा एस.के शास्त्री, नेपाल पन्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक ज्यो.पं.सुर्यप्रसाद ढुङ्गेल, भारतबाट दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समितिका सहअध्यक्ष आचार्य डा.अशोककुमार मिश्र, दक्षिण एसियाली ज्योतिष महासंघका प्रमुख सल्लाहकार प्राडा माधवप्रसाद पाण्डे, नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष ज्यो.माधवराज पाण्डे, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति बंगलादेशका कोषाध्यक्ष फकिर एसिर अरफत मेहदी, श्रीलंकाबाट दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष डा.जि.एम.गुणपाला, दक्षिण एसियाली ज्योतिष महासंघ भुटानका सभापति डा.प्रेमसिंङ साम्पाङ्ग राई, विश्व ज्योतिष महासंघ मलेसियाका सभापति डा.टि.सिल्वा, थाइल्यान्डबाट तनुश्री दुवे, विश्व ज्योतिष महासंघ बर्माका सभापति डा.नारायणप्रसाद पाण्डे र अमेरिका, जापान, चीन लगायतका विभिन्न देशका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने महासंघका अध्यक्ष डा.सहदेव विष्टले जानकारी दिनुभयो ।

सम्मेलनमा ज्योतिष, वास्तु तथा तन्त्रका विषयमा सारभुत छलफल गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विशिष्ट व्यक्तिहरुलाई सम्मान गर्ने, महासंघको अनुसन्धानात्मक मुखपत्र मन्दाकिनी विमोचन गर्ने र संस्थाको लोगो वितरण लगायतको कार्यक्रम रहेको अयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस