माडीमा राम मन्दिर निर्माण गर्न पहल सुरू

चितवन,२८ माघ । चितवनकाे माडीमा राम मन्दिर निर्माण गर्न पहल सुरू भएको छ । 

शनिबार काठमाडौंकाे धुम्बाराहिमा पत्रकार सम्मेलन गर्दै धर्मगुरु पुष्कर खतिवडाले भगवान रामकाे जन्मभुमि चितवन माडीमा मन्दिर निर्माण अभियान सुुरू गर्न  लागेको बताउनुभएकाे हाे ।

धर्मगुरु खतिवडाले भगवान रामकाे जन्मभुमि रहेकाे चितवनकाे माडीमा श्री रामकाे मन्दिर निर्माण गर्न आर्थिक संकलनकाे अभियान सुरू गर्ने जनाउनुभएकाे छ ।

स्वदेश तथा विदेशबाट सम्पूर्ण नेपालीहरूबाट यथासक्य सहयाेग वा प्रतिघर कम्तिमा १०१ रूपैया जुटाउन सकिएमा मन्दिर निर्माण सफल हुने उहाँकाे भनाइ थियाे ।

पत्रकार सम्मेलनमा अयाेध्याका अनुसन्धानदाता लाेकमणि पाैडेल, नगरस्तरीय धर्म संरक्षण समितिका अध्यक्ष मथुरा बहादुर भण्डारी, माडी-९ का पुर्व वडाध्यक्ष शिवहरी सुवेदि, सामाजिक अगुवा श्रीप्रसाद दवाडि लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस