गार्गी कन्या गुरुकुलको सहयोगार्थ सञ्चालन गर्ने महायज्ञको तयारी अन्तिम चरणमा

देवघाट,२९ माघ  चितवनको भरतपुर महानगरपालिका-१ देवघाटधाममा सन्चालित नेपालको पहिलो समावेशी गुरुकुल गार्गी कन्या गुरुकुलको आयोजनामा हुन लागेको पहिलो महायज्ञको तयार पुरा भएको छ ।

फागुन १ देखि शुरु हुने सप्ताह ज्ञानमहायज्ञको तयारी पुरा भएको आयोजकले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरि जनाएको छ । महायज्ञको तयारी अन्तिम चरणमा रहेको आयोजले जानकारी दिएको हो ।

दाताहरुको सहयोगबाट गुरुकुल सञ्चालनमा रहेतापनि दीगो आर्थिक स्रोतका जुटाउन अक्षयकोष स्थापनाको लागि महायज्ञको आयोजना गरिएको गुरुकुलका संरक्षक डा.गुरु प्रसाद सुवेदीले बताए । उनले भने , ‘संस्कृत भाषा संरक्षण गर्नु हामी सबैको कर्तव्य हो, अहिले आर्थिक स्रोत बलियो नहुँदा गुरुकुल चलाउन गाह्रो भइरहेको छ । अक्षकोष स्थापनाको लागि हामीले महायज्ञको आयोजना गरिएको हो ।’

नौ दिन सम्म चल्ने महायज्ञम करिब ३ करोड अक्षककोषमा संकलन हुने अपेक्षा गरिएको छ । निशुल्क आवासिय सुविधासहित ८० कन्या अध्ययनरत गार्गी कन्या गुरुकुलले शैक्षिक ब्यवस्थापनमा समस्यामा रहेको भन्दै महायज्ञको आयोजना गरेको हो ।

महायज्ञको मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । महायज्ञको प्रमुख बाचकको रुपमा प्रखर भागवत बाचक पण्डित कुबेर सुवेदी रहेका छन् । साथै गुरुकुलका बालिकाहरुको शात्रिय प्रवचन, नृत्य,गायन,बाद्यवाधनको प्रस्तुती रहनेछ ।

काठमाडौं वनकाली स्थित सुमार्गी भवनमा हुने महायज्ञमा सहयोगको लागि आयोजकले सबैसँग अपिल समेत गरेको छ । नेपालकै प्रसिद्ध विदूषी स्वर्गीय अंगुरबाबा जोशीको विशेष सदिच्छाअनुसार काठमाडौंमा २०६७ सालदेखि ग्रागी कन्या गुरुकुलको स्थापना गरिएको हो । २०७५ देखि भरतपुर–देवघाटधाम चितवनमा सञ्चालित राम जानकी कन्या गुरुकुल समायोजन गरी हाल सञ्चालनमा रहेको छ ।

प्रतिकृया दिनुहोस