कन्यालाई वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष: राष्ट्रपति पौडेल


काठमाडौँ,२ फागुन । नेपालको केन्द्रमा रहेको प्रसिद्ध आध्यात्मिक भूमी देवघाटधाम पछिल्लो समयमा वैदिक शिक्षाको केन्द्र बन्दै गइरहेको छ । देवघाटधाममा  देशैकै महत्वपूर्ण गुरुकुलहरु  रहेका छन् । यस क्षेत्रमा हाल सबैका लागि सस्कृत शिक्षा भन्ने अवधारणाका साथ समावेशी गुरुकुल पनि सञ्चालनमा रहेका छन् ।  भरतपुरमहानगरपालिका १ देवघाटधाममा रहेको गार्गी कन्या  गुरुकुल  नेपालको पहिलो समावेशी गुरुकुल हो ।यस गुरुकुलको  सहयोगार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको फागुन १ गते राष्ट्रपति रामचन्द्र पौडेलले एक कार्यक्रमका बिच समुद्ध्द्दाटन गर्नु भएको छ ।उहाँंले काठमाडौको पाशुपत्र क्षेत्र परिसरको सुमार्गी भवनमा आयोजना गरिएको सो महायज्ञको दिप प्रजव्लन गरि समुद्धघाटन गर्नुभएको थियो । सो अवसरमा  उहाँंले ऋषिमुनि र तपस्वीको आदर्शको अनुशरण गर्दै देवघाटधाममा सन्त महात्माले आश्रम र गुरुकुल चलाएर यहाँको  महत्वलाई बढाउनु प्रशंसनीय कार्य भएको बताउनुभयो  ।   नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल रहेको बताउनु हुदै उहाँले  
देशमा रहेका गुरुकुलमा कन्यालाई यथोचितरुपमा  यथोचितरुपमा वैदिक शिक्षा दिने व्यवस्था हुन नसकेको अवस्थामा यसबाट उनीहरुलाई गुरुकुलको वातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष भएको राष्ट्रपति पौडेलको भनाइ राख्नुभयो  ।गुरुकुलबाट शिक्षित जनशक्तिले आफ्नै माटोको मौलिक संस्कार, संस्कृति, सहअस्तित्व र स्वाभिमानको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने मलाई लागेको छ,” राष्ट्रपति पौडेलले भन्नुभयो ।
 
विश्वको सबैभन्दा प्राचीन ग्रन्थ र आध्यात्मिक ज्ञान, विज्ञानको मूल वेदलाई मानिएको उल्लेख गर्दै उहाँले नेपाल देवभूमि र अध्यात्म साधनाभूमिको रूपमा चिनिने गरिएको बताउनुभयो ।राष्ट्रपति पौडेलले परापूर्वकालमा यहाँका विभिन्न पावन तीर्थमा रहेर वसिष्ठ, विश्वामित्र, याज्ञवल्क्य, अष्टावक्र र गार्गीजस्ता ऋषिमुनिले कठोर साधना गरेको तथा आफ्नो तपस्याको बलमा अलौकिक शक्ति आर्जन गरेको उल्लेख गर्नुभयो ।

महायज्ञको समुद्धघाटन समारोहमा बागमती प्रदेशका संस्कृति ,पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले नारीको सस्मान र नारीहरुलाई अगाडी बढाउने सन्र्दभमा  यस गूरुकुलले ठूलो योगदान पुराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले गार्गी  गुरुकुलबाट दिक्षीत कन्याहरुले वैदिक सनातन संस्कृतिलाई अगाडी बढाउन ठूलो भुमिका खेल्ने बताउनुभयो ।  गुरुकुलको विकासका लागि प्रदेश सरकारले रु ४५ लाख सहयोग गर्ने आश्वासन दिनुभयो । सो क्रममा उहाँले गुरुकुलका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 

कार्यक्रमा भरतपुर महानगरपालिकाका  नगरप्रमुख रेनुु दाहालले  आवासीय सुविधाका साथ छोरीहरुकाले मात्र पढ्ने  भरतपुर महानगर भित्र रहेको गुरुकुल सहयोग लागि महानगर बिगतमा पनि लागिपरेको बताउनु  हुदै उहाँले गुरुकुलको विकासका लागि भरतपुर महानगरपालिकाले  विभिन्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । छोरीहरुलाई नैतिकवान र योग्य नागरिक बनाउनका लागि गार्गी गुरुकुलबाट सहयोग पुग्ने भनाईराख्नु भयो ।

कार्यक्रममा महायज्ञका संयोजक डा गोविन्द टन्डनले राज्यबाट  गुरुकुलको प्रवद्र्धन का लागि खासै  सहयोग नभएको  बताउनु भयो । उहाँले मनुष्य जीवनका लागि  ४ किसिमिको शिक्षा आवश्यक पर्ने बताउनु भयो । वर्तममानका शैक्षिक क्षेत्रले शारीरिक ,मानसिक  , प्राज्ञिक शिक्षा मा जोड दिए पनि  महत्पुर्ण आध्यात्मिक शिक्षा क्षेत्रलाई भने व्यवास्था गर्नु दुखद पक्ष भएको  भनाई राख्नु भयो । उहाँले  अध्यात्मशिक्षा गुरुकुलका माध्यमवाट जोड्न सकिने बताउनुभयो  । 

कार्यक्रमलाई सहजीकरण गर्दे नेपाल सन्त समाजका महासचिव डा .गुरु प्रसाद सुवेदीले उद्घाटन समारोहको  नेपालमा छोरीहरुले पनि गुरुकुलमा अध्यन गर्न सक्छन् भन्ने उदारहण कन्या गुरुकुल दिएको बताउनुभयो  । वैदिक ज्ञान विज्ञान कन्याले नै व्याख्या गर्न ,वैदिक सनातन को महत्व  प्रकाश पार्न सक्ने भनाई राख्नु भयो ।

कार्यक्रम धन्यवाद मन्तब्य दिने क्रममा महायज्ञका सहसंयोजक टंकनाथ पौडेलले व्यवस्थित रुपमा कन्याहरुलाई वैदिक शिक्षा दिने उदेश्य  गुरुकुलको   रहेको बताउनु भयो । उहाँले सोको लागि राज्यको पनि ध्यान जान जरुरी रहेको बताउनुहुदै , गुरुकुलमा योग , आयुर्वेद , चिकित्सा , बास्तुशास्त्र ,पाकशास्त्र , गूर्विय नाट्यकला जस्ता विधाहरुलाई समेटी उच्च शिक्षासम्म अध्यन गराउने लक्ष्य लिएको जानकारी गराउनु भयो । कार्यक्रममा गलेश्वर आश्रम देवघाटधामका पिठाधिश महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरी जी महाराज, प्रमुख बाचकको बाचक पण्डित कुबेर सुवेदी , राष्ट्रपतिका प्रमुख स्वकिय  सचिव अवज्ञा पौडेल , राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेल,  विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी लगायत धार्मिक तथा सामाजीक व्याक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा गूरुकुलका बालिकाहरुले स्वतीवाचन , लगायत स्वागत गान प्रस्तुत गरेका थिए । 

समारोहमा विधालय व्यवस्थापन समितिका  अध्यक्ष भगवती उपाध्याय र गार्गी कन्या गुरुकुल प्रतिष्ठानका अध्यक्ष शान्त प्रसाद पोखरेलले सयुक्त रुपमा मायाको चिनो कार्यक्रमका प्रमुख अतिथी राष्ट्रपति पौडेललाई प्रदान गर्नु भएको छ । यसै गरि कार्यक्रममा  गुरुकुलका राम प्रसाद वस्ती , भवानी कंडेल र गोदा सुवदीलै ब्याज बितरण माल्यार्पण एवं कार्यक्रम पुस्तिका सर्मपण गर्नुभएको थियो ।

गुरुकुलमा निशुल्क आवासिय सुविधासहित ८० कन्या अध्ययनरत छन् ।  गुरुकुलले शैक्षिक ब्यवस्थापनमा समस्यामा रहेको भन्दै महायज्ञको आयोजना गरेको हो । ९ दिनसम्म सञ्चालन गरिने महायज्ञको प्रमुख बाचकमा रुपमा प्रखर भागवत बाचक पण्डित कुबेर सुवेदी रहनु भएको छ । ्कार्यक्रममा  गुरुकुलका बालिकाहरुको शात्रिय प्रवचन, नृत्य,गायन,बाद्यवाधन सहितको  प्रस्तुति  रहने जानकारी गराईएको छ । 

। नेपालकै प्रसिद्ध विदूषी स्वर्गीय अंगुरबाबा जोशीको विशेष सदिच्छा अनुसार काठमाडौंमा २०६७ सालदेखि ग्रागी कन्या गुरुकुलको स्थापना गरिएको हो । २०७५ देखि भरतपुर–देवघाटधाम चितवनमा सञ्चालित राम जानकी कन्या गुरुकुलसगँ  समायोजन गरी सञ्चालनमा रहेको छ ।

कार्यक्रमको समुद्ध्घाटन पछि भव्य रुपमा कलशयात्रा समेत निकालिएको थियो । महायज्ञ स्थलबाट निकालिएको शोभायात्राले पशुपतिनाथ मन्दिर परिक्रमा गरेको थियो । सस्कृत भाषा विश्वको सबैभन्दा प्रथम –प्राचिन  भाषा हो । देवनागरिक लिपि रहने यो भाषामा विश्वका सबैभन्दा पुरानो ग्रन्थ वेद लगायतका विभिन्न शास्त्रहरु रहेका छन् । नेपालमा यो भाषाको प्रयोग यस्ता ग्रन्थ अध्यन का साथै धार्मिक कार्यहरुमा गरिन्छ ।  ियो भाषा अध्यनअध्यापन विगतमा गुरुकुलीय पद्धती मार्फत गरिन्थ्यो । नेपालमा पनि कक्षा सात सम्म यो विषय अनिवार्य पठनपाठनको व्यवस्था पनि थियो । तर पछि सरकारले नै त्यो वाध्यकारी व्यवस्था हटायो  । केहि गुरुकुलहरु साथै विद्यालयमा नगन्य मात्रामा सस्कृत विषयको अध्यापन भइरहेकोछ । 

नेपालको प्रसिद्ध देवघाटधाममा रहेका विभिन्न आश्रमले पनि सस्कृत विषयलाई महत्व दिइएर पठनपाठन गराईरहेका छन् । ती आश्रमबाट सञ्चालीत गुरुकुलमा पनि वाह्रमण समुदाय बाहेक अन्य जातीसमुदायकालाई  गुरुकुलमा पढाईदैनथ्यो । तर केहि वर्ष देखि सबै जातजातीका छोरा छोरीहरुले पनि गुरुकुलमा रहेर सस्कृत शिक्षाको अध्यन गर्न पाएका छन् । 
नेपालमा हाल  कन्याहरुलाई मात्र अध्यापन गराउने गुरुकुल गार्गी सहित २ वटा मात्र रहेका छन् ।  देवघाटधाम कै तनहँु तर्फ २०७७ साल देखि देखि माँ   कल्याणी वैदिक कन्या  गुरुकुल पनि सञ्चालन भइरहेको छ 

प्रतिकृया दिनुहोस