कन्या गुरुकुलको महायज्ञको चौथो दिनमात्रै ४२ लाख बढि सहयोग संकलन

सस्कारयुक्त समाज निमार्णमा गुरुकुल शिक्षाको ठूलो भुमिका हुने महामण्डलेश्वर आत्मानन्द गिरी जी महाराज


 
काठमाडौ , फाल्गुन , ४ ।
नेपालको पहिलो समावेशी गार्गी कन्या  गुरुकुलको सहयोगार्थ  काठमाडौमा सञ्चालन भइरहेको महायज्ञका चौथो दिनमा मात्रै ४२  लाख  ८५ हजार ५ सय ६७ भन्दा बढि सहयोग जुटेको छ । आज नै गुरुकुलका सस्थापक प्रमुख संरक्षक भगवती उपाध्यायले २५ लाख सहयोग गर्नुभएको छ । गुरुकुलमा अन्य  दानदिने दाताहरु पनि थपिदै जानुभएको छ ।   दिनेहरु बढ नेपालको पहिले समावेशी गुरुकुल हो ।
 कार्यक्रमका संयोजक डा. गोविन्द टन्डनले पनि रु ५ लाख सहयोग गर्नु भएको छ ,। यसैगरि महायज्ञमा श्री कृण्ण गायत्री सम्वृद्धि प्रतिष्ठान दाङ घोराहीबाट
 रु  २ लाख , कृष्ण प्रसाद वली र मिरा वली भरतपुर १०बाट रु१ लाख ११ हजार १ सय ११,  ज्यो. तान्त्रिक गुरु हरि बोहरा कपन १३ काठमाडौबाट , रु  १ लाख ११ हजार १ सय ११,सुशिला आचार्य चाहबिलबाट रु १ लाख १५ हजार ,सरला ढकाल , एकान्तकुना काठमाडौबाट ,रु १ लाख १५ हजार सहयोग रकम आज संकलन भएको छ ।
आज नै लिला विक्रम थापा र मानकुमारी थापा ललितपुरबाट रु ३१ हजार ५ सय ५ , ज्योती कार्की लाजीम्पाटबाट रु २५ हजार १ सय २५ रमा गुरागाई बालुवाटार काठमाडौबाट रु २५ हजार १ सय , दिपराज रावत सिमरा २ बाराबाट रु२५ हजार नृपेन्द्र लोहनी भरतपुर १० बाट रु २५ हजार   बिना कुमारी पोखरेल काठमाडौ  बतिसपुतलीबाट रु २५ हजार ५ सय ५५ , सनत कुमार गोकणेश्वरबाट रु २५ हजार १ सय २५ लगायत विभिन्न महानुभावहरुले महायज्ञको चौथो दिन मात्रै धन्यै ४३ लाख रकम संकलन भएको महायज्ञका सहसंयोजक टंकनाथ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज सम्म ९८ लाख रकम संकलन भएको छ ।
 
महायज्ञको चौथो दिन आज गलेश्वर आश्रम देवघाटधामका पिठाधिश महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरी जी महाराजले प्रवचन गर्नुभएको छ  । सो क्रममा उहाँले वर्तमानमा सस्कारयुक्त समाज  हराउदै गएकोमा चिन्ता प्रकट गर्नुभयो । उहाँले सस्कार कै कमिका कारण आफन्ती बिच पनि आत्मियता नहुने प्रवृद्धि बढ्दै गएको भन्नुहुदै 
गुरुकुलीय  शिक्षा पद्धतीले मात्र  सस्कारयुक्त समाज निमार्णमा सहयोग पुग्ने भनाई राख्नुभयो । सो अवसरमा उहाँले  सन्तानमा या भनौ घरपरिवारमा नारीजगतको प्रमुख भूमिका हुने भन्दै कन्याहरुलाई गुरुकुलको माध्यमबाट  शिक्षा प्रदान गरिनु प्रशंशनीय कार्य भएको भनाई राख्नुभयो  । 
उहाँले देवघाटधाममा स्थापित पहिलो समावेशी  गार्गी कन्या गुरुकुललाई स्थापनाकाल देखिनै  अभिभावकीय भूमिका निर्वाह गरेको बताउनु हुदै भोलीका दिनमा पनि अभिभावकको रुपमा सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । 
फागुन १ गते बाट शुरु भएको महायज्ञमा प्रखर भागवत बाचक  पण्डित कुबेर सुवेदीले  भागवत कथा वाचन गर्नुभएको छ भने  युवा पन्डित शुशिल कुमार वाग्ले उपवाचक हुनुहुन्छ । काठमाडौको पाशुपत क्षेत्र अन्तर्गत सुमार्गी भवनमा आयोजीत महायज्ञमा  कथा श्रवणका लागि आउनुहुने भक्तहरु पनि दिनानु दिन सख्या बढीरहेको आयोजकमा उत्साह थपिएको छ । 
  । कन्या गूरुकुललाई स्थापित गराउन  अक्षयकोष स्थापना गर्ने उदेश्यका साथ महायज्ञ आयोजना गरिएको हो ।   गुरुकुलमा निशुल्क आवासिय सुविधासहित ८० कन्या ५ कक्षा  देखि ११ सम्म अध्ययनरत छन् ।  कार्यक्रममा  गुरुकुलका बालिकाहरुले समेत  शात्रिय प्रवचन, नृत्य,गायन,बाद्यवाधन सहितको  प्रस्तुति प्रस्तुत गरेका छन् 
। नेपालकै प्रसिद्ध विदूषी स्वर्गीय अंगुरबाबा जोशीको विशेष सदिच्छाअनुसार काठमाडौंमा २०६७ सालदेखि ग्रागी कन्या गुरुकुलको स्थापना गरिएको हो । २०७५ देखि भरतपुर–देवघाटधाम चितवनमा गार्गी कन्या गुरुकुल सञ्चालनमा रहेको छ ।
। सस्कृत भाषा विश्वको सबैभन्दा प्रथम –प्राचिन  भाषा हो । देवनागरिक लिपि रहने यो भाषामा विश्वका सबैभन्दा पुरानो ग्रन्थ वेद लगायतका विभिन्न शास्त्रहरु रहेका छन् । नेपालमा यो भाषाको प्रयोग यस्ता ग्रन्थ अध्यन का साथै धार्मिक कार्यहरुमा गरिन्छ । यो भाषा अध्यनमा वर्तमानमा सबैजातजाती समुदायले समेत पढ्न ,पढाउन थालिएको छ । दान लगायतका सहयोगबाट सञ्चालित गुरुकुलका लागि यस्ता महायज्ञ लगायतका अभियान मार्फत गुरुकुल सञ्चालन गरिदै आइएको छ । नेपालमा २ सय ५० भन्दा बढि गुरुकुल दर्ता भएपनि १ सय ५० जति मात्र सञ्चालनमा रहेका राष्टिय  गुरुकुल शिक्षा परिषद् नेपालका  केन्द्रिय उपाध्यक्ष गोदा सुवेदीले जानकारी गराउनु भयो । पछिल्लो समयमा सबैका लागि संस्कृत  शिक्षा भन्ने मान्यताका साथ समावेशी गुरुकुल सञ्चालनमा रहेका छन् । समावेशी कन्याहरुलाई मात्र पढाउने देवघाटधाममा  नै  गार्गी सहित २ वटा  कन्या गूरुकुल रहेका छन् । 




प्रतिकृया दिनुहोस