बहुसख्यक हिन्दु धर्म मान्नेको भावना लाई ख्याल गरिनुपर्ने ः प्रदेश प्रमुख गुरुङ


काठमाडौ , फाल्गुन १० । अहिलेको युगको माग अनुसार समावेशीतामा आधारित भएर नेपालमा कन्याहरुलाई गुरुकुलमा समावेश गरिनु  प्रभावशाली कार्य भएको  भएको गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले  बताउनुभएको छ । नेपालको पहिलो समावेशी गार्गी कन्या गुरुकुलको सहयोगार्थ काठमाडौमा सञ्चालन भइरहेको महायज्ञको समापन  सहभागी हुन पुगेका प्रदेश प्रमुख गुरुङले कन्याहरुलाई शाष्त्रिय रुपमा बिज्ञ बनाउने अभियानमा गार्गी कन्या गुरु लागि  नयाँ युगको थालनी गरिएको  बताउनु भएको छ ।समाजमा आर्थिक ,सामाजिक ,धार्मिक लगायत  सबै क्षेत्रमा महिलालाई पनि त्यतीकै  प्रोत्साहन गर्नु पर्छ भन्ने आधुनिक सोचका  कन्या गूरुकुल सञ्चालन गरिनु प्रशंशनीय कार्य भएको भनाई राख्नु भयो   । उहाँले भन्नु भयो “
 महिलालाई पनि सनातन , आध्यात्मिक हिन्दुदर्शनशास्त्रको विज्ञ बनाउन सक्यो ,उनीहरुले पनि  १८ पुराण वाचन गर्न सक्ने भए भने हाम्रो समाजले धेरै प्रगति गर्न सक्ने सक्छ  ” 
।वर्तमानमा वैदिक सनातन  धर्मको बारेमा विभिन्न वहश चलिरहेकै क्रममा उहाँले समाजमा बहुसख्यक हिन्दु धर्म मान्ने भावना लाई ख्याल  गरिनुपर्ने  भन्नुहुदै यसतर्फ सबै  सचेत हुनुपर्ने भनाई राख्नु भयो   ।

 उहाँले कन्या गुरुकुल स्थापित गर्न महायज्ञको आयोजना गरेको आयोजक संस्थालाई धन्यवाद दिँदै गार्गी कन्या गरुकुललाई आफूले सक्दो सहयोग गर्न पहल गर्ने बताउनुभयो । 
गुरुकुल सञ्चालनमा दीगो आर्थिक स्रोत जुटाउन फाुगन १ देखि सञ्चालन भएको महायज्ञमा  महायज्ञबाट रु एक करोड ७५ लाखभन्दा बढी रकम संकलन भएको आयोजकले जनाएको छ ।
 निजि तथा संस्थागत रुपमा संकलन भएको उक्त रकमले आगामी दिनमा गुरुकुललाई सञ्चालन गर्न सहज हुने गार्गी कन्या गुरुकुल प्रतिष्ठानका अध्यक्ष शान्त प्रसाद पोखरेलले बताउनु भयो  । उहाँले भन्नुभयो , महायज्ञमा राज्यका निकायहरुको सहभागिता भयो । गार्गी गुरुकुलबारे बुझाउने मौका पनि मिल्यो, प्रदेशबाट सहयोगको प्रतिवद्धता पनि आएको छ । हामी यसबाट हौँसिएका छौँ । आगामी दिनमा थप शशक्त भएर लाग्ने अभियानमा जुट्नेछौँ ।”

महायज्ञमा गार्गी गुरुकुलका प्रमुख संरक्षक तथा संस्थापक सदस्य भगवती उपाध्यायले २५ लाख राशी सहयोग गरेको आयोजकले बताएको छ । छोरीहरुले पनि हरेक क्षेत्रमा अवब्लता कार्यगर्न सक्छन्  वैदिक सनातन   संस्कृति संरक्षण गरिनुपर्ने भन्दै आफुले महायज्ञमा पनि ठूलो राशी सहयोग गरेको  प्रमुख संरक्षक उपाध्यायले बताउनु भयो  । उहाँले भन्नुभयो “
 अब कन्याहरु पनि वेद अध्ययन गर्छन् समाजमा जागरण ल्याउन सक्छन् भन्ने अवस्थामा  गार्गी समावेसी गुरुकुल कन्याहरु उदारहणीय भएका छन्। अब यसलाई थप शशक्त बनाउनुपर्नेछ । उनले गार्गी गुरुकुललाई शास्त्री र आचार्य तहसम्म अध्यापन गराउन र गुरुकुलको स्तरउन्नति गर्ने अभियानमा निरन्तर लाग्नेछौ  ।”

गार्गी गुरुकुलको लागि पशुपति क्षेत्र बिकास कोषका निर्वतमान सदस्य सचिव तथा गार्गी महायज्ञ आयोजक समितिका संयोजक डा.गोविन्द टण्डनले  आफैले पनि पाँच लाख सहयोग गर्नुभयो  । महायज्ञले गार्गी कन्या गुरुकुलको संरक्षणमा राज्यको ध्यान गएको टण्डनले बताउनु भयो  । राज्यको निकायहरुको सहभागिताले गुरुकुलहरुको अपनत्व लिन महायज्ञ कोशेढुंगा बन्ने बिश्वास समेत उहाँले व्यक्त गर्नुभएको छ  । उहाँले भन्नुभयो  “गुरुकुलबारे एउटा चेतना फैलिएको छ । सबै जातजातका कन्याहरुले गार्गीमा अध्ययन गरिरहेका छन् । भावी दिनमा गार्गीलाई थप ब्यवस्थित गर्दै लैजानुपर्ने छ । 

त्यस्तै महायज्ञमा पुर्णिमा उपाध्ययले ११ लाख सहयोगमा गरेको आयोजकले जनाएको छ । संस्थागततर्फ, बाग्मती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालयले ५ लाख, मैयादेवी टष्टले पाँच लाख, तारा गाँउ बिकास समिति होटल ह्यातले ७ लाख ५० हजार सहयोग गरेको थियो । भरतपुर महानगरपालिकाले १० लाख। त्यस्तैगरी बाग्मती प्रदेशले आगामी आर्थिक बर्षमा गार्गी गुरुकुलको आवासको ब्यवस्थापनको लागि ४५ लाख सहयोग गर्ने प्रतिवद्धता कार्यक्रमको समुद्धघाटनका क्रममा उपस्थित वाग्मती प्रदेशका संस्कृति ,पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन ब्यक्त गर्नुभएको थियो  । भरतपुर महानगरपालिकाले १० लाखरतपुर महानगरपालिकाका  नगरप्रमुख रेनुु दाहालले प्रतिवद्धता व्यक्त गर्नुभएको प्रतिष्ठान अध्यक्ष शान्त प्रसाद पोखरेलले जानकारी दिनुभयो । महायज्ञमा ज्वती जोशी शेरचनले १० बर्षसम्म बार्षिक १ लाख १२ हजार दिने घोषणा गरे । महायज्ञमा भागवत वाचक पण्डित कुबेर सुवेदीले भागवत कथा वाचन गर्नुभएको  भने युवा पन्डित शुशिल कुमार वाग्ले उपवाचक हुनुहुन्थ्यो  । काठमाडौको पाशुपत क्षेत्र अन्तर्गत सुमार्गी भवनमा आयोजीत महायज्ञमा  गुरुकुलका छात्राहरुले समेत  शात्रिय प्रवचन, नृत्य,गायन,बाद्यवाधन सहितको  प्रस्तुति प्रस्तुत गरेका थिए । 
 कन्या गुरुकुललाई स्थापित गराउन अक्षयकोष स्थापना गर्ने उदेश्यका साथ महायज्ञ आयोजना गरिएको हो ।महायज्ञमा तुलादान लगायत धार्मिक अनुष्ठान समेत गरिएको थियो । महायज्ञ समापनका दिन वुधवार गुरुकुलका कन्याहरु सहित श्रद्धालुहरुले हवन गरि महायज्ञको शास्त्रिय विधिबाट समापन गरिएको थियो ।
नेपालमा हाल कूल एक सय ५० वटा गुरुकुल सञ्चालनमा रहे पनि चितवन र तनहुँमा रहेका दुई गुरुकुलमा मात्रै बालिका पढ्ने गरेका छन् । संस्कृति तथा संस्कृत शिक्षा सबैले पढ्न पाउनुपर्छ भन्ने मान्यताका साथ स्थापना भएका गुरुकुलमा सबै जातजातिका बालिकाले पढ्न पाउने व्यवस्था मिलाइएको गुरुकुलका प्रमुख सल्लाकार टंकनाथ पौडेलले बताउनुभयो ।महायज्ञका महासचिव रामप्रसाद वस्तीले महायज्ञले समावेशी कन्या  गुरुकुललाई थप चिनाएको भन्नुहुदै गुरुकुल सञ्चालनमा भोलीका दिनमा पनि सहयोग बढ्ने भनाई राख्नुभयो ।
 । कन्या गूरुकुललाई स्थापित गराउन  अक्षयकोष स्थापना गर्ने उदेश्यका साथ महायज्ञ आयोजना गरिएको हो ।   गुरुकुलमा निशुल्क आवासिय सुविधासहित ८० कन्या ५ कक्षा  देखि ११ सम्म अध्ययनरत छन् । नेपालकै प्रसिद्ध विदूषी स्वर्गीय अंगुरबाबा जोशीको विशेष सदिच्छाअनुसार काठमाडौंमा २०६७ सालदेखि ग्रागी कन्या गुरुकुलको स्थापना गरिएको हो । २०७५ देखि भरतपुर–१ देवघाटधाम चितवनमा गार्गी कन्या गुरुकुल  सञ्चालनमा छ  ।



प्रतिकृया दिनुहोस