राष्ट्रपति पौडेलले गर्नुभयो वैद्यनाथधाम कोटीहोम महायज्ञको उद्घाटन

अछाम १०,फाल्गुन : राष्ट्रपति रामचन्द्र पौडेलले वैद्यनाथ धामलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । । वैद्यनाथ धाममा विहिवारबाट  सुरु भएको कोटीहोम महायज्ञको उद्घाटनका क्रममा उनले थप पूर्वाधार निर्माण गरेर पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बबताउनुभएको  हो । । यसबारे विस्तृत अध्ययन गरी गुरुयोजना तयार पारेर अल्प, मध्य र दीर्घकालिन रुपमा पूर्वाधार निर्माण गर्नुपर्ने   उहाँको भनाइ थियो। राष्ट्रपति पौडेलले चार धाम मध्येको एक बैद्यनाथ धामको महत्व र महिमाका विषयमा स्कन्द पुराण मानसखण्डमा उल्लेख भएको  भन्नुहुदै वैद्यनाथ तथा ज्वाला क्षेत्रको दर्शन गर्दा सयौं गुणा बढी पुण्य प्राप्त हुने जनविश्वास रहेको  प्रचारप्रसार गर्न कोटीहोम ज्ञान महायज्ञले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । वैद्यनाथ धाम जस्ता ऐतिहासिक तथा धार्मिक क्षेत्रको संरक्षरणका लागि तीनै तहका सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्नेमा जोड दिनुभयो । 
वैद्यनाथ धाममा १४४ वर्षपछि कोटीहोम महायज्ञ आजबाट सुरु भएको हो। महायज्ञ २५ गतेसम्म सञ्चालन हुनेछ। पौराणिक, धार्मिक, ऐतिहासिक,सांस्कृतिक र पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण वैद्यनाथ धाममा ६/६ वर्षमा गरिने लक्षहोमसहितको अर्धकुम्भ मेला, १२/१२ वर्षमा गरिने महालक्षहोम सहितको कुम्भमेला र १४४ वर्षमा गरिने कोटीहोम महायज्ञसहित महाकुम्भ मेलाको परम्परालाई कायम राख्न तयारी थालिएको मुल आयोजक समितिले जनाएको छ । कोटी होम मुल आयोजक समितिका संयोजक अछाम क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य शेर बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख, अछामबाट निर्वाचित प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, विभिन्न पालिका प्रमुख लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।





प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोटिहोम एकैसाथ १ हजार ८ कन्याको पुजन गरिदै

भरतपुर । योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा जारी कोटिहोम महायज्ञमा भोलि (शनिबार) एक हजार भन्दा बढी ...