मुख्यमन्त्री आदित्यनाथलाई भरतपुर ल्याउने प्रयाश भइरहेको ः महानगर प्रमुख दाहाल



भरतपुर, १८ फाल्गुन । भरतपुर महानगरिपालिका का प्रमुख रेनु दाहालले छिमेकी देश भारत उतरप्रदेशका मुख्य मन्त्री आदित्यनाथ योगीलाई देवघाटधाममा  ल्याउने प्रयाश भइरहेको  बताउनुभयो । भरतपुर महानगरपालिका–१ वागीश्वरीमा रहेको श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रममा स्थापित योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एवं अनुसन्धान केन्द्र लगायतका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा  उहाँले विहिवार  यस्तो बताउनु भएको हो ।सो अवसरमा  उहाँले  सत्कर्ममा लागी गरेको  हरप्रयास  पुरा हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले  भन्नुभयो “ हामीले आदित्यनाथ ज्युलाई ल्याउने प्रकृयामा लागेका छौ  ,सत्कर्म  गर्दा सफल हुन्छौ होला । “
कार्यक्रममा महानगर प्रमुख दाहालले  देवघाट क्षेत्र महानगरको गहना भएको भन्नुहुदै भ्रमर्ण वर्षको अवसरमा ठूलो धार्मिक उत्सव  उत्सव आयोजना गरिने र सो अवसरमा मुख्यमन्त्री आदित्यनाथलाई प्रमुख आमन्त्रित व्याक्तित्वको रुपमा भरतपुरमा आमन्त्रण गर्न लागिएको जानकारी गराउनुभएको हो ।
 भरतपुरमा हानगर रहेका ऐतिहासिक ,धार्मिक क्षेत्रहरुको संरक्षण लागिपरेको  बताउनु हुदै भरतपुरमा रहेका धार्मिक क्षेत्रहरुलाई समेटेर  भरतपुर भ्रमर्ण वर्षका अवसरमा देवघाटक्षेत्रलाई ”“देवघाट धार्मिक ब्लक”
नै बनाएर प्रमुख गन्त्वयको रुपमा राखेको जानकारी गराउनुभयो ।
उहाँले धार्मिक क्षेत्रको पनि मुल्याकंन  हुने हो भने महानगर  अब्बल  नै रहेको बताउनु हुदै प्रत्येक टोलमा रहेका मठमन्दिर , ऐतिहासिक धरोहरहरुको विकास र संरक्षण लागि   महानगरबाट सक्ने प्रयास आफुहरुले गरेको भनाई राख्नुभयो  ।
उहाँले थप्नुभयो “
धार्मिक क्षेत्र सगँ सम्बिन्धत विभिन्न  संघसस्था सगँ सहकार्य गरि महानगरपालिका लाई   धार्मिक क्षेत्रको  पनि नुमना बनाउने प्रयास लागिरहेको छौ ”
। महानगरमा रहेका सबै क्षेत्रको  सदैव अभिभावकत्व महानगर रहिरहने पनि उहाँले सो अवसरमा प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । महानगर प्रमुख दाहालले राष्ट्र गुरु योगी नरहरिनाथको बारेमा थप अध्ययन र अनुसन्धान गर्न पुस्तकालयले मद्दत पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो । उक्त पुस्तकालयको विकास र संरक्षणमा का साथै वागीश्वरीमा रहेका हरेक क्षेत्रको संरक्षण सम्बद्धनमा   महानगरले सहयोग गर्दे आइरहेको भन्नुहुदै भोली पनि सहयोग गरिरहने  भनाइ राख्नुभयो  ।
  सो अवसरमा  श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका अध्यक्ष शैलेन्द्रकुमार पियाले महानगर  प्रमुुख दाहाललाई नरहरिनाथ पुस्ताकालयको पहिलो आजिवन सदस्यता समेत प्रदान गर्नुभयो   ।यसैगरि आश्रमका अध्यक्ष पिया र संरक्षक शान्त प्रसाद पोखरेलले सयुक्त रुपमा  योगी नरहरिनाथ तस्विर मायाको चिनोको रुपमा  महानगर प्रमुख दाहाललाई प्रदान गर्नुभयो ।

श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रममा विभिन्न प्रकल्पहरु रहेका छन् । योगी नरहरिनाथ गौ संरक्षण केन्द्र , योगी नरहरिनाथ समावेशी गुरुकुलम् , योगी नरहरिनाथ  प्राकृतिक चिकित्सालय , योगी नरहरिनाथ धार्मिक वन गरि  विभिन्न प्रकल्पहरु रहेका आश्रमका महासचिव अशोक पोखरले जानकारी गराउनु भयो ।  आश्रममा रहेका विभिन्न प्रकल्पहरु मध्ये   योगी नरहरिनाथ पुस्ताकालय व्यवस्थापन एवं अनुसन्धान केन्द्रको विहिवार महानगर प्रमुख दाहालले समुद्धघाटन गर्नुभएको हो  ।
योगी नरहरिनाथका महत्त्वपूर्ण पुस्तकहरू पुनः प्रकाशन, योगीका कृतिहरूमाथि अध्ययन एवं अनुसन्धान, चितवनका ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक बस्तुहरूको अन्वेषण गर्नु पुस्तकालय स्थापनाको लक्ष्य रहेको  छ। पुस्तकालयमा योगी नरहरिनाथका सम्पूर्ण कृति एवं उहाँका कृतिमाथि भएका अध्ययन सामग्री राखिने बताइएको छ ।
योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एवं अनुसन्धान केन्द्रमा हालसम्म धार्मिक, योगी नरहरिनाथ एवं चितवनका विभिन्न २ हजार भन्दा बढी पुस्तकहरू राखिएको आश्रमका सदस्य एवं पुस्तकालय व्यवस्थापन समितिका संयोजक डिआर पोखरेलले जानकारी गराउनु भयो । कार्यक्रमको उद्घाटन का क्रममा नेपाल  सन्तसमाजका महासचिव प्राडा गुरुप्रसाद सुवेदीले आश्रमको नरहरिनाथ पुस्ताकालयले  योगी नरहरिनाथ चिन्तनको अध्यन अनुसन्धान गर्न , योगीलाई चिन्न सहयोग पुग्ने भनाई राख्नुभयो । उहाँले योगी जीको मुल लक्ष्य र आर्दशलाई निरन्तर चिन्तन गर्ने चेतनासबैमा प्राप्तहोस् भन्ने सुभेच्छा प्रकट गर्नुभयो । कार्यक्रममा सम्बोधन गर्ने क्रममा एनआरएनका अध्यक्ष वद्री केसीले पछिल्लो समयमा डिजिटल लाईवेरीको कन्सप्पेट ल्याएको जानकारी गराउनु हुदै यसको लागि आफूहरु लाग्ने बताउनु भयो । वागीश्वरीमा उद्घाटित लाईवेरी डिजिटल बनाउन एनआरएनका उपमहासचिव सोम सापकोटाले प्रकृया अगाडी बढाउने समेत जानकारी गराउनु भयो ।


। घुमौँ भरतपुर अन्तरगत भरतपुर भ्रमण वर्षको  पूर्व सन्ध्यामा योगी नरहरिनाथको ११० औँ प्रकाट्य दिवसको  असरमा गौ आरतीको आयोजना गरी भ्रमण वर्षको सफलताको कामना समेत गरिएको छ    ।  राष्ट्र गुरु योगी नरहरिनाथको ११०औँ प्रकाट्य दिवसको अवसर पारेर आश्रममा नै रहेको गौ संरक्षण केन्द्र र गुरुकुलको सयूक्त पहलमा गौ आरतीको समेत  गरिएको हो   । कार्यक्रमभरतपुर महानगरपालिका वडा नम्बर १२का वडाध्यक्ष लेखराज पन्त ‘हरि’लाई  योगी नरहरिनाथ गौ संरक्षण केन्द्र वागीश्वरीको संरक्षक सदस्यको रुपमा सम्मानित गरिएको छ   । वागेश्वरीमा संरक्षित गाईलाई दीर्घकालसम्म संरक्षण गर्ने उद्देश्यसहित स्थापना गरिएको गौ अक्षयकोष स्थापनामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै अध्यक्ष पन्तलाई सम्मानित गरिएको आश्रमका सचिव योगी नरहरिनाथ  गौ संरक्षण केन्द्रका संयोजक नवराज ढकालले जानकारी गराउनु भयो । गौ संरक्षण केन्द्र लोपोन्मुख स्थानीय  प्रजातीका १८० भन्दा बढि गाईहरु संरक्षण गरिएको छ । यसैगरि राष्ट्र गुरु योगी नरहरिनाथको अभियान अन्र्तगत  आश्रममा नै प्राकृतिक चिकित्सालयले वि.स २०७४ साल देखि सञ्चालनमा रहेको  र  वि.स २०७५ साल देखि समावेशी छात्र गुरुकुल सञ्चालन गरिएको महासचिव पोखरेलले जानकारी दिनु
भयो ।
विहिवार नै महानगर प्रमुख दाहालले  राष्ट्र गुरु योगी नरहरिनाथको ११०औँ प्रकाट्य दिवसको अवसर पारेर आयोजना गरिएको लक्ष्यहोमको समापन गर्नुभयो । आश्रम संरक्षक योगी निरञ्जननाथको सङ्कल्प एवं श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमको आयोजनामा फागुन १४ देखि लक्ष्यहोम कार्यक्रम सञ्चालन गरिएको   आश्रमका सदस्य एवं लक्ष्यहोम कार्यक्रमका  संयोजक सुकमाया भुजेलले जानकारी दिनुभयो । 


देवघाट क्षेत्रमा नै पर्ने वागीश्वरीधाममा यहाँ रामायणकालिन महत्वका पुरातात्विक संरचना ,अवशेष रहेका छन् । राष्ट्र गुरु योगी नरहरिनाथको यस क्षेत्रको पहिचान गराउन उल्लेखनिय योगदान रहेको छ । उहाँकै प्रधान संरक्षकत्वमा २०५२ सालमा  श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रम स्थापना भएको परिषदका संरक्षक पोखरेलले जानकारी गराउनु भयो ।यस  वागीश्वरीधाममा मा नै  योगी नरहरिनाथले २०५३ सालमा वैदिक सनातनी सस्कृतिको संरक्षणका लागि सन्तसम्मेलन समेत आयोजना गरि विश्वभर रहेका सन्तसनातनीहरुलको भेला गराउनु भएको थियो ।  उहाँको वि.स २०५९ साल फाल्गुन १४ गते पाशुपत क्षेत्र मृगस्थलीमा ८८ वर्षको उमेरमा निधन भएको थियो । उहाँलाई  नेपालको हरेक जिल्लाका ऐतिहासिक,परातात्विक धरोहरको पहिचान गराउन सक्षम योगीका रुपमा मानिन्छ । उहाँले ५ सय भन्दा बढी ऐतिहासिक दस्तावेजमा आधारित कृतिहरु लेख्नुभएको छ । उहाँको जन्म विंस १९७१ साल फाल्गुन १७ मो कालिकोट जिल्लामा भएको थियो । उहाँसगँ आस्था राख्ने देशभर रहेका विभिन्न संघसस्थाले उहाँको जन्मोउत्सवका अवसर पारेर  विभिन्न कार्यक्रम आयोजना गरेका छन्  । 




प्रतिकृया दिनुहोस