वैदिक धर्म परिषद् नेपाल जिल्ला कार्य परिषद् चितवनको अध्यक्षमा कँडेल

वैदिक धर्म परिषद् नेपाल जिल्ला  कार्यपरिषद् चितवनको अध्यक्षमा प्रताप कँडेल चयन हुनुभएको छ । परिषद्को हिजो शनिवार सम्पन्न  २५ औ साधारण सभा एवम् ५ औ अधिवेशनले अध्यक्षमा कंडेल सहित   १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो  । परिषद्को उपाध्यक्षमा जगन्नाथ कँडेल, विण्णुप्रिया सापकोटा, सचिवमा श्रीलाल अधिकारी ,सहसचिवमा भानुभक्त कँडेल , कोषाध्यक्षमा राजु सापकोटा, सदस्यहरूमा कमलनयन कँडेल, मनहर्क बगाले, तुलसी निउरे, लीला कँडेल, कृष्णकला अर्याल, चन्द्रप्रसाद ढकाल, पिताम्बर सुबेदी, विश्वनिधि अर्याल र सीता गौतम चयन  हुनुभएको हो ।
 लक्ष्मी वैकुण्ठनाथ मन्दिरका पिठाधिस स्वामी जगन्नाथाचार्यको प्रमुख आतिथ्यता सम्पन्न सो कार्यक्रम् वैदिक धर्म परिषद् चितवनका कार्यवाहक अध्यक्ष पण्डित कृष्ण प्रसाद निउरेको अध्यक्षतामा  सम्पन्न भएको छ । 
कार्यक्रममा वैदिक धर्म परिषद्का केन्द्रिय  उपाध्यक्ष ध्रुर्वराज शर्मा अर्याल,  वैदिक धर्म परिषद्का केन्द्रीय सचिव हरि प्रसाद कँडेल, प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष डा. लक्ष्मी नाथ कँडेल, परमानन्द स्मृति वैदिक गुरुकुल गुन्जनगर व्यवस्थापन समितिका पूर्व अध्यक्ष श्रीलाल अधिकारी, परमानन्द स्मृति वैदिक गुरुकुल गुन्जनगरका प्राचार्य ज्ञान प्रसाद भुर्तेल, वैदिक युवा परिषद् नेपालका वरिष्ठ उपाध्यक्ष विश्वनिधि अर्याल लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रम वैदिक युवा परिषद्का केन्द्रीय अध्यक्ष पण्डित ज्योतिष प्रताप कँडेलले सहजिकरण गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस