मनकामना मन्दिरमा शिवमहापुराण महायज्ञ

चितवन,२१ फागुन । पश्चिम चितवनको भरतपुर १७ लगौटा स्थित मनकामनामाई मन्दिरमा  महाशिवरात्रिको अवसर पारेर  शिवमहापुराण ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव २०८० को आयोजना गरिएको छ ।श्री चितवन मनकामनामाई मन्दिरको संरक्षण एवप्रवर्द्धन,भौतिक पूर्वाधार विकास निर्माण एव अक्षय कोष सञ्चालन सहयोगार्थ शिव महापुराण ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवको आयोजना गरिएको हो । यही फागुन १६ गते देखि शुरु भएको महायज्ञ २६ गते सम्म चल्ने आयोजकले जनाएको छ । महायाज्ञमाा युवा कथा वाचक  गरिमा उपाध्याय प्रमुख वाचक रहनु भएको छ ।  महायज्ञमा जनचेतना मूलक नाटकको  प्रस्तुति  रहनुका साथै देवलिला ,झाकी सहित  सहित सङ्गीतमय कथा प्रवचन भइरहेको छ ।

 

महायज्ञको पाचौँ दिन आइतबार यज्ञ  परिसरमा श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थिति रहेको महायज्ञका  प्रचार प्रसार समितिका संयोजक रोशन काफ्लेले जानकारी दिनु भयो । सो अवसरमा  छोटो समयको आयोजनामा यती  ठुलो महायज्ञ आयोजना गर्न समिति सफल भएको बताउनु हुँदै महायज्ञमा  चितवनका विभिन्न क्षेत्रका श्रद्धालु भक्तजनहरूको आगमन भइरहेको जानकारी गराउनु भयो । 
पश्चिम चितवनलाई धार्मिक स्थलको रूपमा विकास गर्ने उद्देश्यका साथ मन्दिरको निर्माणाधीन भौतिक कार्यलाई सफल पार्ने उद्देश्यका साथ महायज्ञको आयोजना गरिएको महायज्ञ मूल समारोह समितिका संयोजक कमलनाथ पौडेलले बताउनु भयो । े। फाल्गुन २५ गते महाशिवरात्रिको विशेष मेला ,शिवध्वनी ,भजनकिर्तन , शिव भगवानको आरती , शिव ताण्डव ,स्वोत्र अग्नि नृत्य इत्यादि कार्यक्रम हुने भएको आयोजकले जनाएको छ ।फागुन २६ गते शनिवार भागवतको पुस्तकमा तिलार्पण ,लक्ष्यवत्ती प्रज्वलन रात्रि जाग्राम कार्यक्रम यज्ञको समापन समारोह गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस