पोखराको प्रदर्शनी केन्द्रमा नववर्षको अवसरमा महायज्ञ हुने

पोखरा प्रदर्शनी केन्द्रमा नववर्ष २०८१ को अवसरमा  श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ ।  नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा आईतवार पत्रकार सम्मेलन आयोजना गरि  महायज्ञ गरिन लागिएको श्रीमद्भागवत महायज्ञ हुने आयोजक संस्था श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मूल समारोह समितिले जनाएको छ । 
महायज्ञमा हरिहर सन्यास आश्रम देवघाटधामका पिठाधिश   १००८ स्वामी   ज्ञानान्द सरस्वती महाराज प्रमुख वाचक रहनुहुने रहने महायज्ञका संयोजक लक्ष्मण पौडेलले बताउनु भयो  । उहाँका  अनुसार महायज्ञमा देशभरिका सन्त महन्त पीठाधीषहरुको उपस्थिति रहनेछ  । सप्ताह ज्ञान महायज्ञबाट बचत हुने रकम वैदिक गुरुकुलहरुको संचालनमा सहयोग गर्ने संयोजक पौडेलले जानकारी गराउनु भयो  । 
ज्ञानान्द सरस्वती महाराजले मुलुक धर्म, संस्कार र संस्कृतिप्रति गम्भिर रहँदै आफुहरुले उक्त महायज्ञ कार्यक्रम तय गरेको बताउनु भयो । धर्मसंस्कृति माथिको  अतिक्रमण बारे सचेतना फैलाउन , वैदिक सस्कृति बारे जनजनमा जागरण ल्याउने लगायत  वधार्मिक तथा सामाजिक जगतलाई सदभाव र एकताको सन्देश  प्रवाह गर्न महायज्ञ आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । 
अमहायज्ञमा योगाभ्यास, भागवत् पाठ पारायण, कथा प्रवचन, आरती पुष्पाञ्जली, प्रसाद ग्रहण, कर्ता भोजन, भजन कितर्न लगायतका  धार्मिक अनुष्ठान गरिने बताईएको छ । महायज्ञ  आगामी बैशाख १ गतेदेखि १० गतेसम्म चल्ने छ । 

प्रतिकृया दिनुहोस