महायज्ञको बाचक , उपवाचक र गणेश सबै छोरीहरु


 
देवघाटधाम , फागुन ,२२ । नेपालको पहिलो संस्कृत शिक्षालाई प्राथमिकता दिने भरतपुर महानगरपालिका–१ देवघाट चितवनमा रहेको श्री रामजानकी बालिका आश्रमले लगाएको महायज्ञको वाचक र उपवाचक र गणेशको भुमिकामा छोरीहरु रहेका छन्  । यही फागुन २० गते देखि आश्रम परिसरमा नै शुरु गरिएको महायज्ञमा वाचकमा किशोरी भागवत वाचकका रुपमा परिचित  शास्त्री उमा महेश्वरी   र उपवाचकमा आश्रम कै छोरी  शास्त्री सुनीता बटाला (लोककल्याणी)  रहनुभएको छ  । त्यसैगरि महायज्ञको  गणेशको भूमिका पनि आश्रम कै छोरी  राधिका लम्साल (लोककल्याणी)  रहनुभएको छ । महायज्ञमा सहउपवाचकको भुमिका पनि आश्रमकै वैण्णवी पोखरेल –लोककल्याण्ी रहनुभएको छ ।
महायज्ञ अवधिभर मण्डप पुजा, पाठ पारायण, अखण्ड भजन जागराम लक्ष्यदिप, नृत्य पुजा हुनेछन् ।  फागुन २६ गते सम्म चल्ने महायज्ञका झाकी , नृत्य लगायतका  अनुष्ठान पनि आश्रमका छोरीहरुले पालैपालो गर्ने गरेका छन् । यहाँ रहेका  किशोरीले महायज्ञमा वैदिक पूजापाठदेखि भागवत वाचन गर्ने आश्रमका महासचिव रामेश्वर प्रसाद खनालले जानकारी दिनुभयो  । 
लोक कल्याण सेवा प्रतिष्ठान द्धारा सञ्चालित सो आश्रमका छोरीहरुलाई नै संस्कृत विधामा पारंगत बनाउने संकल्प गरिएको १०८ औ महायज्ञ मध्ये ७९ यज्ञ आश्रम परिसरमा नै आयोजना गरिएको आश्रमका अध्यक्ष सावीत्री माताले जानकारी गराउनु भयो ।  वैदिक धर्ममा सबैभन्दा ठूलो मानिने अनुष्ठान श्रीमद्भागवत ज्ञान महायज्ञ हो । यस महायज्ञबाट यहाँका बालिकालाई  देशकै योग्य छोरी तयार गर्ने लक्ष्य आश्रमले लिएको  छ । । अहिले यहाँ ३४ किशोरीले आश्रय लिइरहेका छन् । उनीहरुले आश्रयमात्रै लिएका छैनन् संस्कृत विधाको अध्ययनसँगै वाचक र पण्डित,बनिरहेका छन् । महायज्ञबाट संकलित रकमले बालिका आश्रमको अधुरो निर्माणाधिन भवन सम्पन्न र अक्षयकोष बृद्धि गर्ने लक्ष्य लिइएको छ । महायज्ञको उद्घाटन पूर्व  देवघाटधामको वेणी संगम परिसर देखि  कलश यात्रा समेत निकालिएको थियो  । १३ बर्षअघि स्थापना भएको यस बालिका आश्रममा हालसम्म ८६ जनाले सेवा लि छन् । त्यसमध्ये ४७ जनाको पूर्नमिलन गरिएको आश्रमले जानकारी दिएको छ । यस अघि आश्रमले चितवका विभिन्न ठाउँ सगै ,काठमाडौ , दमौली ,मकवानपुर लगायत देशक विभिन्न ठाँउमा पुगेर महायज्ञ लगाएको छ । पछिल्लो समयमा आश्रमका भागवत वाचक छोरी अन्य सस्थाबाट आयोजीत महायज्ञमा वाचकको भुमिका निभाइसकेका छन् 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माफी माग्न नसकेर भिडियो तोड्मोड भनिएको भन्दै धार्मिक संघसगठन द्धारा कारबाही माग

चितवनराष्ट्रिय स्वतन्त्र पार्टीका बाँके ३ का प्रतिनिधिसभा सदस्य  उम्मेदवार  खगेन्द्र सुनारको  सञ्...