महिलाहरु हिंसा र उत्पिडनको सिकार हुने क्रम नरोकिएकोः राष्ट्रियसभाका उपाध्यक्ष अर्याल

काठमाडौँ,२४ फागुन ।
राष्ट्रिय  महिला आयोगले आज एक समारोहका विच २२औं स्थापना दिवस तथा ११४ औ महिला दिवस मार्च ८   मनाएको छ । काठमाडौं सिहंदरबार स्थित मन्त्री परिषद् एवं प्रधानमन्त्री कार्यलयमा दिवस  बिशेष कार्यक्रम आयोजना गरि दिवस मनाऐको हो । 
म कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्याल रहनुभएको थियो । सो अवसरमा उहाँले आज पनि दलित,  सिमान्तकृत, मुस्लिम,मधेशका महिलाहरु हिंसा र उत्पिडनको सिकार हुने क्रम नरोकिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । पैतृक सम्पतिमा महिलाको पहुँच हुनुपरने बताउदै उहाँ ले  समाज रुपान्तरणको समविकासको खाँचो छरहेको बताउनु भयो।


कार्यक्रममा नै उपस्थित  प्रतिनिधि सभाको उपसभामुख इन्दिरा राना मगरले  भन्नुभयो " -  आर्थिक समृद्धिको अभावमा हामी महिलालाई संविधानको धारा ३८ ले विशेषाधिकार दिएपनि संविधानले दिएको बराबरको अधिकार प्रयोगमा ल्याउन नसकेको अवस्था  छ "

कार्यक्रममा खुल्ला निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट भएका ६ जना विधार्थी , हिंसा पिडित भएर पूर्नस्थापित भएकी सुर्खेत कि वसन्ती चपाईलाई नगद २० हजार सहित सम्मान गरिएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादूर मगरले  सबै आयोगले गर्ने कार्य एक अर्कासँग अन्तर सम्बन्धित भएको भन्नुनुहुदै आवश्यक दस्तावेज बनाएरै मानव अधिकार प्रवद्धनमा लाग्नुपर्नेब बताउनु भयो। महिलालाई नेतृत्व दिनुपर्ने बताउदै  छोरीलाई धरौटीको रूपमा राखेर विवाह गरेर पठइदिने' पुरानो मान्यतालाई त्यागेर सामाजिक रुपान्तरण र महिलामा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो  ।प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड कार्यक्रमका   प्रमुख अतिथि कार्यक्रम उपस्थित नभए पछि  रउहाँको   लिखित शुभकामना सन्देश वाचन गरिएको थियो । कार्यक्रम  समाचारको माध्यमबाट महिला शसक्तिकरणमा योगदान दिएको भन्दै नेपाल टेलिभिजन सहित पत्रकार चन्दा विष्ट र कविता थापालाई कदर पत्रले सम्मान गरिएको  थियो।
कार्यक्रमको समापन गर्दै महिला आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले महिला अधिकार को संरक्षण , उजुरी र न्यायमा  पहुँचको लागि पैरवी लगायतको काम गर्दै आएको बताउनु भयो। पछिल्लो समय महिला हिंसा अन्तर्गतका फौजदारी अभियोगका विषयहरूमा महिला आयोग बोल्न पाउने र अनुसन्धान गर्ने अधिकार नभएको उहाँले प्रष्टआउनु भयो ।  उहाँले भन्नुभयो । "तर पिडित पक्षदेखि सामाजिक संजाल सबैतिर महिला आयोगको काम र अधिकार बारे ट्रोल बनाईरहँदा हामी नाजवाफ भएका छौं "। ` यस्ता विषयहरूप्रति हाम्रो अधिकार र चुनौतीले आयोगको आत्मस्वाभिमानमा चोट पुगेको छ´ । राष्ट्रले जून उदेश्यले महिला आयोग गठन गरेको छ त्यो उदेश्य प्राप्त गर्न हामी धेरै टाढा रहेको म स्वयमलाई महसुस भएको आयोगकी अध्यक्ष पराजुलीले बताउनु भयो । कार्यक्रममा महिला वालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुमन अर्याल,महिला  आयोग सचिव पार्वती अर्याल,द्मकन्या कलेज लैङ्गिक विभाग प्रमुख तथा मुल्याङकन निर्णायक समितिका संयोजक प्राध्यापक डाक्टर रजनी काफ्ले ढकाल लगायतले   बोल्नु भएको थियोे । आयोगको उपसचिव सीता निरौला  सहजीकरण गर्नुभएको सो कार्यक्रममा  आयोगमा कार्यरत कर्मचारीहरुलाई पुर्स्कृत गरिएको थियो  । विश्वभरका महिलाले ८ मार्चलाई महिला दिवसका रुपमा मनाउने गर्दछन् । यो दिवस अन्तराष्टिय स्तरमा सन् १९१० देखि मनाउन थालिएको हो । यस दिवसकै अवसर पारेर नै २०५८ सालमा स्थापना राष्ट्रिय  महिला आयोगको गरिएको थियो । नेपालमा पनि ८ मार्चकै अवसरमा विभिन्न कार्यक्रमहरु सरोकारवाला संघसस्था , सरकारी निकायहरुले गर्दछन् ।

प्रतिकृया दिनुहोस