पनौतीको लड्केश्वरको कोटीहोममा पुग्नुभयो राष्ट्रपति पौडेल

फागुन, २९ , पनौती । राष्ट्रपति रामचन्द्र पौडेलले पनौती नगरपालिका वल्थली लडकेश्वरमा आयोजित कोटीहोममा आइतबार पुगेर पूजा अर्चना गर्नुका साथै फूलप्रसाद ग्रहण गर्नुभएको छ । । राष्ट्रपति रामचन्द्र पौडेलले यस पवित्र भूमिमा आयोजना गरिएको कोटीहोमबाट देश र जनताको कल्याण होस भन्ने कामना समेत गर्नुभएको  थियो। यस्तो पूण्य र पवित्र कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताउँदै पौडेलले यसबाट समाज, देश र जनताको कल्याण हुने विश्वास व्यक्त गर्नुभयो । ।
 वल्थली लडकेश्वरमा ओमकार फाउण्डेशनले बिगत एक महिना देखि कोटीहोमको आयोजना गरिरहेको छ ।
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन उद्घाटन गर्न काभ्रे   आउनुभएका राष्ट्रपति पौडेल त्यसपछि कोटी होममा सहभागी भएका   हुनुभएको थियो  ।

उक्त समारोहमा राष्ट्रपति पौड़ेललाइ नेपाली कॉंग्रेसका केन्द्रीय सदस्य मधु आचार्य, पनौती नगर प्रमुख रामशरण भण्डारी लगायतले स्वागत   गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस