शोकसभा सम्पन्न

भरतपुर ,७ , चैत । श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रम देवघाटधामले आज शोकसभा सम्पन्न गरेको छ । आश्रमका केन्द्रिय सदस्य युवराज भुषालका बुबा पदम प्रसाद भुषाल दिवंगत हुनुभएको ९ औ दिनको पुष्य तिथीका दिन श्रद्धान्जली सभा आयोजना गरेको हो । दिवंगत भुषालको काजकिरिया गरिएको स्थान  भरतपुर ५ गुलाफबागमा नै पुगेर शोकसभा गरिएको छ । सो शोकसभामा  परिषदका संरक्षक शान्त प्रसाद पोखरेल , प्रथम उपाध्यक्ष पूर्ण बहादुर श्रेष्ठ , महासचिव अशोक पोखरेल , केन्द्रिय सदस्यहरु  सुकमाया भुजेल दुर्गा प्रसाद भण्डारी , सृजना अर्याल , रिना कोइराला  आश्रमका प्रशासन प्रमुख कमल पान्डे लगायतको उपस्थिती रहेको थियो । धार्मिक तथा सामाजिक व्याक्तित्वको रुपमा परिचित स्वर्गिय भुषालको गतफागुन २९गते ८९ वर्षको उमेरमा निधन भएको थियो । 

प्रतिकृया दिनुहोस