इस्कोन गण्डकीले फागु पर्वमा गौर गण्डकी उत्सव गर्ने

बागलुङ ,९ ,चैत । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन गण्डकीले त्रिदिवसिय गौर गण्डकी उत्सव  आयोजना गर्ने भएको छ । भगवान् श्रीचैतन्य महाप्रभुको प्राकट्य उत्सवको अवसर पारेर बागलुङ  नगरपालिका–१ मालढुङ्गामा यही चैत १०, ११ र १२ गते सम्म सञ्चालन हुने उक्त समारोहमा  पुष्प होली, नृसिंह यज्ञ, हरिनाम  सङ्कृतन, नृत्य, संस्कृतिक झाँकी, गौर कथा, महाअभिषेक, प्रसादम, गण्डकी माहात्म्य, गौर गण्डकी आरती इत्यादिको विशेष आकर्षण रहने  पत्रकार सम्मेलन मार्फत कार्यक्रम संयोजक गदाई गौराङ्ग दासले जानकारी दिनुभयो । भगवान् श्रीकृष्णको परम दयालु अवतार, भगवान्  चैतन्य महाप्रभुले यस कलियुगमा रहेका बद्ध जीवहरूको उद्धारको निम्ति विशेष अनुकम्पा गर्न आजभन्दा ५४० वर्ष पहिले यस धरधमामा अवतीर्ण भएकोले यस पर्वलाई गौडिया वैष्णव सम्प्रदायमा भव्य रूपमा मनाउने गरिन्छ। उक्त कार्यक्रमले कालीगण्डकी नदीको संरक्षण र संवर्द्धनमा पनि टेवा पुग्ने इस्कोन बागलुङका अध्यक्ष जगतगुरु गिरिधारी दासले  बताउनुभयो ।
कार्यक्रमको पहिलो दिन गण्डकी आरती, र्कीतन, गौर गण्डकी कथा, उपहार कार्यक्रम, सांस्कृतिक कार्यक्रम, प्रसादम, नृत्य र्कीतन रहेको छ भने दोस्रो दिन र तेस्रो दिन पुष्प होली, महाअभिषक र दिपदान कार्यक्रम रहेको छ ।
यस उत्सवको आयोजना इसकोन नेपाल गण्डकी शाखाले गर्न थालेको हो । उक्त कार्यक्रममा सम्पूर्णलाई मालढुङ्गामा निमन्त्रण गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो । 

प्रतिकृया दिनुहोस