नारायणीको पुल पुन ः शिलान्यास गरिनुपर्ने !!!! कारण यस्तो


जेठ ,२ ,चितवन । नेपालको महेन्द्र (पूर्व–पश्चिम) राजमार्ग अन्तर्गत नारायणी नदीमा नेपालकै पहिलो सिग्नेचर पुल बनाउन वैशाख मसान्तका दिन शिलान्यास गरिएको छ । चितवनको भरतपुर महानगरपालिका र नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका जोड्ने नारायणी नदीमाथि बन्ने सिग्नेचर पुलको वैशाख मसान्त सोमवारका दिन  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गर्नुभएको हो । पुल त शिालान्यास गरियो तर सामाजीक सञ्जाल पनि यसको शिलान्यासका.सम्बन्धमा विरोध गरिएको छ । विरोध गर्नेमा  विभिन्न धार्मिक व्याक्तिहरु पनि रहेका छन् ।
अहिलेको पुल २०३८ सालमा बनेको हो । पुरानो र साँघुरो भएको कारण नयाँ पुल बनाउन लागिएको पुल शिलान्यास पछि  प्रधानमन्त्री दाहालले मन्त्वयका क्रममा बताउनु पनि भयो  । सौन्दर्यकरणसहितको डिजाइनमा अति नै आकर्षक पुल बन्ने उहाँको भनाई पनि छ ।

पुरानो भईसकेको पुल बनाउन लाग्नु अत्यन्त सकारात्मक विषय पनि हो । नेपालकै पहिलो सिग्नेचर पुलको  निमार्ण प्रकृयाका लागि शिलान्यास गरिदा किन विरोध भयो त ? । विरोधका कारण वर्तमानको समय हो ।यतिखेर शुक्र अस्त भएका छन् । शुक्र, वृहस्पती ग्रह अस्त र मलमासका का बेला कुनै पनि शुभ कार्य गर्न नमिल्ने शास्त्रीय मान्यता रहेको छ । यस सम्बन्धमा पन्डित ज्योतिषार्चाय रविन्द्र कण्डेल यस्तो बताउनु हुन्छ । “
यो बेला शुक्र ग्रह अस्त छन् । शुक्र अस्तका बेला कुुनै पनि शुभ कार्य कसैले पनि गर्न हुदैन” । उहाँका अनुसार शास्त्रमा विशेष खालको नयाँ प्रारम्भ गर्न हुदैन । कुनै पनि कामना राखिएका आयोजनाहरु ,कुवा ,पुल , भवनहरुको शिलान्यास , उद्घाटन गर्न मिल्दैन । शुक्र ग्रह भौतिक सुख सुविधाको मालिक पनि हो । कुनै पनि शुभ कार्यको थालनी यो बेला गर्न हुदैन । ‘वाप्यारामतडागकूपभवनारम्भप्रतिष्ठेव्रताऽ
रम्भोत्सर्गबधूप्रवेशनमहादानानि सोमाष्टके ।
गोदानाग्रयण–प्रपा–प्रथमकोपाकर्म वेदव्रतम् ।
नीलोद्वाहमथातिपन्नशिशुसंस्कारान् सुरस्थापनम् ।।
।’ (मुहूर्तचिन्तामणि) शास्त्रमा कुवा,पुल , भवन  बगैँचा, गृहारम्भ, गृहप्रवेश, देवताको मूर्ति प्राण प्रतिष्ठा, व्रत प्रतिष्ठा, व्रतको आरम्भ, बधूप्रवेश, महादान, सोम यज्ञ, अष्टका श्राद्ध, गोदान (केशान्तक कर्म), नवान्न भक्षण, प्रथमपटक उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, समयमा संस्कार हुन नसकेका बाँकी संस्कार, देवताको प्रतिष्ठा, दीक्षा मन्त्र ग्रहण, व्रतबन्ध, विवाह, मुण्डन, पहिलोपटक तीर्थ यात्रा, सन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, लगायत गर्न नहुने उल्लेख गरिएको छ ।

यस्तो शास्त्रीय नियमको ख्याल नगरि  गरिने कुनै पनि कार्य  गर्ने व्याक्तिका साथै त्यसको उपयोग गर्ने सबैलाई हानी हुने पन्डित कंडेलको कथन छ । उहाँले शुक्र उदय भएपछि क्षमा पुजा अर्चना गरि  पुनः पुलको शिल्यान्यास गर्न पर्ने  सुझा
उनु भएको छ । 
यस विषयमा धेरै व्याक्तिहरुले सामाजीक सञ्जालमा पनि विरोध जनाउनु भएको छ । ज्योतिषी गोविन्द शास्त्रीले पनि सामाजीक सञ्जालमा स्टाटस लेख्दै शुक्रास्त को समयमा गर्ने नहुने कार्य पुलको शिलान्यास गरिएकोमा यस्तो लेख्नुभएको छ शुक्रास्तको समयमा गर्ने नहुने कार्य मध्य अति संवेदनशील कार्य जो राष्ट्र   को महत्वपुर्ण कार्यको थालनी मसान्त वर्षान्त शुक्रास्तमा बर्जित कार्य गर्नु आम जनता र हिन्दु माथीको कु प्रहार हो । कु शासक के अरु शुभ समय पनि आउथ्यो नी सल्लाहाकार पनि कस्ता रहेछन् भन्दै शिलान्यासको फोटो अपलोड गर्नुभएको छ । त्यसो त शिलान्यासको समय अशुभ त भएकै थियो । त्यस वैदिक  कार्यमा पन्डित स्वंमले चप्पल लगाउनु पनि यतिखेर थप  विरोधको घटना भइरहेको छ । यस सम्बन्धमा  

दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय  समितिका उपसभापति सुरेश चन्द्र रिजालले पनि आफ्नो फेसबुक स्टाटस लेखेर शिलान्यास प्रकृयाको विरोध गर्नुभएको छ । उहाँले अनिष्ट निम्त्याउने  देखावटी र देखासिकी कर्मकाण्ड । राजनीतिक संस्कार हरायो जुत्ता चप्पल लगाएरै पुजा भन्ने स्टाटस शिलान्यासको फोटो पोष्ट गदै लेख्नुभएको छ । सो शिलान्यास गर्न लगाउने पन्डित स्वंमले चप्पल लगाउनु भएको छ । उहाँको पोष्टमा कर्म गराउने पन्डित नै संस्कार हिन भएपछि अरुको के कुरा गर्ने लगायतका पन्डितले पनि संस्कार ख्याल नगरेको धेरैले टिप्पणी गरेका छन् ।
शुक्र अस्तका बेला वैदिक विधिका साथ पुलको शिलान्यास पन्डित स्वयंले गराउनुलाई पनि पन्डित जगत प्रति धेरैले असन्तुष्टी व्यक्त गरेका छन् । समाजको पथप्रर्थशक ले नै जहिले जे पनि गर्दा धर्मसस्कार प्रति नै अविश्वास हुनेमा धार्मिक अगुवाहरुले चिन्ता प्रकट गरेका छन् । 
पन्डितबाट नै शुक्रअस्तका बेला कुनै कार्य नहुनुपर्ने पुरोहित समाजका उपाध्यक्ष हरिभक्त उपाध्यायले बताउनु भयो । उहाँले  शुक्र अस्तमा कुनै काम्य कर्म गर्न नमिल्ने भनाई राख्नुभयो ।  यस विषयलाई आफुले गम्भिरताका साथ लिएको उहाँको भनाई छ । 


 
 




प्रतिकृया दिनुहोस

साताको लोकपृय

कार्तिक ९ गते शुक्रबारको पञ्चाङ्ग सहितको राशीफल

आजको पञ्चाङ्गवि. सं. :       २०८१ कार्तिक ९ गते शुक्रबारइ.सं. :         25th October 2024 (Friday...