मानव

काठमाडौं -१२,जेठ | नेपालको  प्रसिध्द धार्मिक क्षेत्र पशुपतिनाथ परिसरमा बृहत्  कोटिहोम महायज्ञ आगामी श्रावण महिना आयोजना हुने भएको छ । ऐतिहासिक श्री पशुपति कोटिहोम एंव १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ नाम दिइएको उक्त विराट महायज्ञ आगामी श्रावण महिनाको १ गते देखि ३२ गतेसम्म सञ्चालन हुने मानव सेवा फाउण्डेसनका व्यबस्थापक लिला रमण निरौलाले जानकारी दिनु भएको छ| 
ललितपुरको बाडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ उक्त महायज्ञ आयोजना  गर्न लागिएको बताईएको छ |
महायज्ञको प्रचारप्रसारको लागि आयोजक समितीका सदस्यहरु उपत्यका तथा देशव्यापी दौडानमा रहेका छन । महायज्ञ आयोजक मूल तथा उपसमिती गठन गर्ने देखि लिएर बिशिष्ट निमन्त्रणाको लागि देश तथा विदेशमा ख्याती प्राप्त जगदगुरु,साधु,सन्त,महन्त,प्रशिद्ध   महिला तथा पुरुष कथा वाचकहरु स्थानिय महानुभावहरुलाई भेटने र निमन्त्रणा पत्र हस्तान्त्रण गर्ने कार्य भइरहेको  आयोजकले जनाएको छ | 

महायज्ञ अवधिभर १०८ पण्डितबाट  विभिन्न पुराणहरुको श्रावण महिनाभर पाठपारायण,१०८ पण्डितद्धारा वैदिक मन्त्र सहित अनवरत रुपमा नियमित हवन।सयौ जनाको सामूहिक ब्रतबन्ध, ५१ सय दिव्य कलश पुजन,चार वेद अठार पुराणको वाचन, ११ हजार बढी बालिकाको कन्या पुजन,हजारौको तुलादा, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान,तण्डुलाचाल चामलको पर्वत निर्माण लगायको कार्यक्रमहरु पनि नियमित रुपमा सञ्चालन हुने छन । 

महायज्ञमा कथा वाचनको रुपमा देश तथा विदेशमा ख्याती प्राप्त वाचन प्रविण पण्डित दीनवन्धु पोखरेल,राधिका दासी र श्रीमदभागवतकी लोकप्रिय युवा कथावाचक  देवी प्रतिभा लगायको सहभागीता रहने छ । 
धार्मिक,सामाजिक,आध्यात्मिक,स्वास्थ्य तथा वातावरणीय स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको श्री मानव सेवा फाउण्डेसन,नेपालको आयोजनामा उक्त महायज्ञ सञ्चालन हुन गइरहेको हो । मानव सेवा फाउण्डेसन अन्तर्गत नै अहिले मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा रहेका छन । हाल मामाघर आश्रममा देशका विभिन्न स्थानका करिब ७५ जना अभिभावक विहिन बालबालिकाले निःशुल्क रुपमा गास,वास,कपास,स्वास्थ्य र शिक्षा प्राप्त गर्दै आइरहेका छन । त्यस्तै छोरीको घर ज्येष्ठ नागरिक आश्रममा पनि धेरे   बेसाहारा आमाबुबाहश्रले आश्रय प्राप्त गर्दै आइरहेका छन । 
हाल २ ओटै आश्रम भाडा घरबाट सञ्चालित रहेका छन । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

माडीको कालभैरव मन्दिरमा गजुर हालियो मौला गाडियो

मंसिर,,२८ माडी । चितवनको दक्षिणमा रहेको  माडी उपत्यकाको सेतो पहिरोस्थित कालाभैरवको मन्दिरमा ४ दिन...