एकै मण्डपमा २३ जोडीको बिवाह सम्पन्न

घोडाघोडी (कैलाली), ९ , मङ्सिर। जैविक विविधतासँगै पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको घोडाघोडी तालको महत्वसँगै यहाँको धार्मिक महत्व पनि उत्तिकै छ । यहाँ विभिन्न पर्व तथा तीथिमा धार्मिक मेला महत्वसवका साथै बाह्रै महिना मन्दिरको दर्शन पूजापाठ गर्न पर्यटक आउँछन् ।  

घोडाघोडी मन्दिरमा बिवाह, ब्रतवन्धलगायत धार्मिक कर्मकाण्डहरुसँगै यहाँका स्थानीयको बलियो आम्दानीको स्रोत पनि बनेको छ । शनिबार घोडाघोडी मन्दिरमा २३ जोडीको बिवाह सम्पन्न भएको छ । मन्दिरकै आम्दानीबाट गुरुकुल सञ्चालन गरिएको गुरुकुलका प्राचार्य शंकरप्रसाद संज्यालले बताउनुभयो । 

उहाँले शनिबार एउटै मण्डपमा २३ जोडीको बिवाह सम्पन्न भएको उल्लेखगर्दै यो बर्षको सबैभन्दा धेरैले एकै दिन बिवाह गरेको दिनका रुपमा सम्झनुभयो । मङ्सिरको महिना शनिबार मात्रै एउटा लगन भएकाले पनि एकै दिन बिवाह गर्नेको संख्या बढी भएको उहाँको भनाइ छ ।

घोडाघोडी मन्दिरमा २०५८ सालदेखि सनातन धर्म संस्कृति वेदविद्या आश्रमले बिवाह, ब्रतवन्धलगायत पूजापाठ गरेवापतको शुल्क लिने गरेको छ । उक्त शुल्कबाट ६ देखि १० कक्षासम्म गुरुकुल सञ्चालनको व्यवस्था मिलाएको प्राचार्य संज्यालले बताउनुभयो ।

एकजोडी बिवाहको आठसय पाँच रुपियाँको दरले शुल्क लिने गरेकोसमेत उहाँले उल्लेख गर्दै शनिबार बिवाहबाट राम्रै आम्दानी भएको बताउनुभयो । घोडाघोडीमा प्रयायजसो बिवाह, व्रतवन्ध सँगै हुने गर्दछ । शनिबार एउटा मात्र लगन भएकाले पनि बिवाह धेरै भएको प्राचार्यले बताउनुभयो ।गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माफी माग्न नसकेर भिडियो तोड्मोड भनिएको भन्दै धार्मिक संघसगठन द्धारा कारबाही माग

चितवनराष्ट्रिय स्वतन्त्र पार्टीका बाँके ३ का प्रतिनिधिसभा सदस्य  उम्मेदवार  खगेन्द्र सुनारको  सञ्...