भोली अक्षय तृतीया ,जौको सातु खाने दिन

वैदिक सनातनीहरुले मनाउने विभिन्न चाडपर्व मध्ये वैशाख शुक्ल तृतीयाका दिन पनि हो । यस दिनलाई अक्षय तृतीया भनिन्छ ।   यस दिन जे पनि गरिन्छ अक्षय अर्थात् सदा कायम रहन्छ अर्थात  अक्षय तृतीयाका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।। वैदिक सनातनीहरु माझ यस अक्षय तृतीयाको महत्व धेरै रहेको छ । यस दिन मानिसहरूले धन, समृद्धि, स्वास्थ्य र सुख प्राप्त गर्न विभिन्न उपायहरू अपनाउँछन्। मानिसहरूले अक्षत (चामलको दाना) र भाँडाकुँडामा दान गर्छन्। यस दिन विवाह, गृहकार्य, नयाँ व्यापार सुरु गर्ने आदिका लागि शुभ मुहूर्तहरू छन्। यी मुहूर्तहरूमा मानिसहरूले शुभ कार्यहरू सुरु गर्छन्।
मत्स्य पुराणलगायत ग्रन्थमा यसका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ ।भविष्य पुराणमा पनि यस दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ ।
 सातु र गुँड ,लगायतको सर्वत
यस दिन जौको सातु र गुँड , मिस्श्री ,सख्खर लगायतको सर्वत खानै पर्छ भन्ने मान्यता रहेको छ । यस दिन जौको सातु र गुँड , मिस्श्री ,सक्खर लगायतको सर्वत बाड्न सके धेरै पुण्य लाभ हुने विश्वास रहेको छ । जसका कारण विभिन्न संघ सस्थाले सहित व्याक्तिहरुले पनि जौको सातु सहित गुँड , मिस्श्री ,सक्खर लगायतको सर्वत चोक चोकमा बाड्ने गर्दछन् । यस दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुशी हुने धार्मिक विश्वासरहेको छ । 
कृष्ण र सुदामाका प्रसङ्ग देखि पौराणिक काल अनि मानव सभ्यताका विभिन्न चरणमा सातु यात्राका   प्राय लिएर हिँड्ने चलन रहेको छ ।  माटोको भाँडामा माथिबाट भिजेको कपडाले छोपिएको पानीको शीतल अवयवसँग सातुलाई घोलेर खानुको मिठास अनन्य छ । अझ यस्ता सातु घोल्ने पानीमा अलैँची, सुकमेल, घयू, मह, मरिच, पिपला, सख्खर आदीजस्ता मरमसला र सुगन्ध मिसाएर सातुको स्वाद लिन पाएमा त उत्साह र उमगंको मिठास एकै पटक समाहित भएर आएको भान हुन्छ । यसरी सातु बनाउन सक्ने अन्नहरू प्राय सबै अकुंरण गर्न सक्ने अन्नहरु हुन्छन् । आजको आधूनिक विज्ञानले पनि नतमस्तक भई स्वीकारेको अकुंरणयोग्य अन्नहरूको महिमालाई प्राचीन काल देखिनै हाम्रो संस्कारमा समाहित गर्न सक्षम हाम्रो वैदिक सनातन संस्कार कति वैज्ञानिक छ, मनन योग्य कुरा हो ।मत्स्य पुराणलगायत ग्रन्थमा यसका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुआत भएको मानिन्छ । षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो ।




प्रतिकृया दिनुहोस