यस्तो बताउदै भारत र्फकिनु भयो स्वामी कैलाशानन्द गिरी जी महाराज

वैशाख,, २६,काठमाडौ । भारतको निरञ्जनी अखडाका प्रमुख महामण्डलेश्वर  श्री श्री १००८  स्वामी कैलाशानन्द गिरी जी महाराज  आज भारत र्फकनुभएको छ । वैशाख १५ गते नेपालमा आउनु भएको उहाँ आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत पर्कनुभएको हो । भारत र्फकनु अघि उहाँले नेपालमा रहेका ऐतिहासिक पुरातान्विक धरोहर अवलोकन गर्नुभएको थियो । भने  पूर्व प्रधानमन्त्री कांग्रेस सभापति शेर बहादुर देउवा सगै घ,उद्योगपति विनोद चौधरी ,सहित विभिन्न महानुभावहरुसगँ भेटघाट गर्नुभएको थियो । भारत र्फकनु अघि उहाँले नेपाल सम्पदाले भरिएको सुन्दर मुलकु रहेको बताउनु हुुदै  नेपालका प्रसिद्ध धाम दामोदर कुण्ड र गोसा
ईकुण्ड अद्भुत तिर्थस्थल  भएको  बताउनु भयो ।उहाँले  नेपाल आएसगै  १६ गते पशुपतिनाथ मन्दिर पुगि  विशेष पुजाआजा गर्नु भएको थियो । यसैगरी उहाँले  पर्यटकीय गन्त्वय पोखरामा लागिरहेको गण्डकी कोटीहोमको  वैशाख १७ गते उद्घाटन गर्नुभयो । त्यसपछि मुस्ताङको दामोदर कुण्डको अवलोकन गर्नुभयो ।   वैशाख २१ गते लुम्बिनी पुगेर बुद्धको जन्मस्थल र मायादेवी मन्दिरको अवलोकन गर्नुभयो ।। सो क्रममा  स्वामी कैलाशानन्द गिरी जी महाराजले  पत्रकारहरुसँग बोल्दै  आफ्नो नेपाल भ्रमणले स् नेपाल र भारतबीचको सांस्कृतिक र धार्मिक सम्बन्ध झनै प्रगाढ हुने बताउनु भयो । नेपाल भ्रमण कै क्रममा पाल्पा जिल्लाको बसन्तपुरमा रहेको प्रसिच कामख्या मन्दिरको दर्शन गर्नुभयो ।  
नेपालका  विभिन्न धार्मिक स्थलहरू अवलोकन गर्ने क्रममा वैशाख  २२ गते रसुवाको गोसाईंकुण्डमा पुगी उहाँले पूजा गर्नुभयो । उहाँ नेपाल आगमनका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितको टोली  स्वागत  गर्नुभएको  थियो भने आज विदाईका क्रममा पनि पूर्व गृहमन्त्री खाँड सहित , पूर्व कणाली प्रदेशका मुख्य मन्त्री जीवन कुमार शाही , वन तथा वातावरण राज्य मन्त्री रुपा वि.क , पूर्व प्रदेश मन्त्री  राजु खनाल प्रतिनिधिसभा सदस्य  रामहरि खतिवडा ,मन्जु खाँड , बाग्मती प्रदेशसभाका नेपाली कांग्रेसका   पूर्व सचेतक राधा घले , राष्टिय सहकारी बैकका सञ्चालन सदस्य तारा गुरुङ , नेविसंघ पूर्व महामन्त्री सरोजकुमार थापा, नेपाली  कांग्रेस भाषा कला तथा संस्कृति विभाग प्रमुख  सरु थापा , नवलपुरका कांगेस नेता सरस्वती तिमेल्सीना,  तरण दलका संतोष वस्नेत लगायत  विभिन्न महानुभावहरुको उपस्थिती रहेको थियो । भारतको  प्रयागराजमघ महिनामा लागेको कुम्भमेला (प्रयागराज महोत्सव)का  परिकल्पनाकार समेत मानिनुहुने स्वामी कैलाशानन्द  महाराजले  नेपालमा गर्नुभएको यस  भ्रमणले नेपालको धार्मिक तथा  पर्यटनमा टेवा पुग्ने विश्वास गरिएको छ । 


प्रतिकृया दिनुहोस