भोली देखि वृहस्पती अस्त हुदै , यो समयमा के गर्न हुन्छ , के गर्न हुदैन

चितवन, २८ ,जेठ । देव गूरका रुपमा मानिने बृहस्पति ग्रह भोली बाट अस्त हुदैछन् । भोली बिहिबार बेलुका ५ बजेर ७ मिनेटमा पश्चिममा अस्त हुने ् भने २०८२ साल असार २२ गते आइतबार बिहान ६ बजेर ५३ मिनेटमा पूर्वमा उदय हुनेछन्। खगोलीय नियमअनुसार सूर्यसँग कुनै पनि ग्रह बस्दा, सूर्यको प्रकाशले अरु ग्रहहरूको बल र शक्ति कमजोर गराउने अंशमा पुगेमा ग्रहहरूको गति अस्त अवस्थामा हुन्छ ।
। वैदिक सनातन संस्कृति अनुसारबृहस्पति ग्रहलाई देवता तथा ऋषिहरुका गुरु, धनु तथा मीन राशिका स्वामी, आङ्गिरस ऋषिका पुत्र मानिन्छ
बृहस्पति र सूर्य एउटै राशिमा भएकोवेला अस्तको सम्भावना अधिक हुने गर्दछ । बृहस्पति पश्चिममा अस्त भई पूर्व दिशामा उदय हुने गर्दछ ।यस्तो हुनु भनेको बृहस्पति सूर्यको पश्चिम विम्बबाट प्रवेश गरी पूर्वी भागबाट नउदाएसम्मको समय हो । अनुसार प्रत्येक वर्ष शुक्र अस्त र बृहस्पति अस्त हुने गर्दछ ।वर्षको एक समयमा घुम्दै जाने क्रममा शुक्र ग्रह पृथ्वीनजिक पुगेपछि सूर्यको प्रकाशले शुक्र ग्रहको प्रकाशलाई ओझेलमा पार्नुलाई शुक्र अस्त भन्ने गरिन्छ ।साथै घुम्दै जाने क्रममा बृहस्पति ग्रह पृथ्वीनजिक पुगेपछि सूर्यको प्रकाशले बृहस्पति ग्रहको प्रकाशलाई ओझेलमा पार्नु नै बृहस्पति अस्त भन्ने गरिन्छ । ज्योतिषीय मान्यता अनुसार बृहस्पति अस्त हुने डेढ दिनअघि र उदाएको डेढ दिनसम्म सम्म सुतक लाग्छ भन्निछ ।
धार्मिक मान्यता अनुसार नित्य, नैमित्तिक र काम्य गरी तीन प्रकारका कार्य रहेका हुन्छन् ।नित्य कर्ममा स्नान, ध्यान, जपतप, पूजापाठ आदि कर्म पर्दछन् ।नैमित्तिक कार्यमा बच्चाको न्वारान, पास्नी, मृत्यु संस्कार तथा श्राद्ध, मासिक तर्पण, जन्मोत्सव जस्ता कर्म पर्दछन् ।काम्य कर्ममा जुराएर र हेराएर गर्ने प्रकृतिका कार्यहरु जस्तै नयाँ गृह निर्माण आरम्भ, नवगृह प्रवेश, नयाँ व्रतको आरम्भ, नयाँ मन्दिर निर्माण, मूर्ति स्थापना, सप्ताह, नवाह आदि अनुष्ठान र व्रतबन्ध–विवाह आदि संस्कारहरू पर्दछन् ।प्रत्येक काम्य कर्मका फलदाता नै गुरु र शुक्र हुन् ।
बृहस्पति अस्तमा कस्ता कार्य गर्नु हुँदैन ?
अस्त भएको बेलामा बृहस्पति ग्रह निर्बल हुने हुँदा विवाह, व्रतबन्ध आदि शुभकर्म गर्नु हुँदैन भनी शास्त्रले निर्देश गरेको छ । कुवा, बगैँचा, गृहारम्भ, गृहप्रवेश, देवताको मूर्ति प्राण प्रतिष्ठा, व्रत प्रतिष्ठा, व्रतको आरम्भ, बधूप्रवेश, महादान, सोम यज्ञ, अष्टका श्राद्ध, गोदान (केशान्तक कर्म), नवान्न भक्षण, प्रथमपटक उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, समयमा संस्कार हुन नसकेका बाँकी संस्कार, देवताको प्रतिष्ठा, दीक्षा मन्त्र ग्रहण, व्रतबन्ध, विवाह, मुण्डन, पहिलोपटक तीर्थ यात्रा, सन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कुरा त्याज्य हुन्छन् भनी मुहूर्त चिन्तामणि मा बताइएको छ ।
बृहस्पतिको अस्तमा गयाश्राद्ध र गोदावरी यात्रावाहेक अन्य यात्रा नगर्नू भनिएको छ । प्रमादवश गरेमा अनिष्टफल भोग्नुपर्ने कुरा मुहूर्तचिन्तामणिको पीयूषधारा टीकामा उल्लेख गरिएको छ । यसरी गुरुको उपस्थितिबिना गरिने कुनै पनि कर्मको फल प्राप्त नहुने विश्वास छ ।
बृहस्पति अस्तमा यस्ता कार्य गर्नु हुन्छ ?
बृहस्पति अस्त भएको बेलामा आफ्ना नित्य कर्म गर्न भने कुनै बाधा व्यवधान रहँदैन । यसैगरी नित्य कर्मअन्तर्गत पर्ने श्राद्ध, वार्षिकी, लिँदैआएका व्रत उपासना पनि रोकिँदैनन् । यसैगरी नैमित्तिक कर्मअन्तर्गत अइपर्ने नामकरण, औध्र्वदेहिक कर्म, अत्यावश्यक कर्म, ग्रहशान्ति, रोग शान्ति आदि कर्म गर्न सकिन्छ । शान्ति कर्मका निम्ति पनि छुट दिएको पाइन्छ।
नित्य कर्म, ग्रहशान्ति, नैमित्तिक कर्म अन्तर्गतका सीमन्तोन्नयन, जातकर्म, अन्नप्राशन, शान्ति कर्म, गयाश्राद्धादि कार्य बृहस्पति अस्त भए पनि गर्दा कुनै दोष नलाग्ने कुरा शास्त्रले बताएका छन् ।
बृहस्पति अस्त एक प्राकृतिक चक्र हो । सूर्यको बिम्बमा परि बृहस्पति हाम्रो दृष्टिपथमा नआएको अवस्तथालाई बृहस्पति अस्त भनिन्छ । सूर्य र बृहस्पति एउटै राशिमा भएका बेला यस्तो अस्त हुने गर्दछ । बृहस्पति अस्त हुँदा बृहस्पतिजन्य प्रभाव कम हुने भएकाले, विवाह, व्रतबन्ध आदि काम्य कर्म (कुनै फलको कामना राखी गरिने धार्मिक कार्य) गर्न निषेध गरिएको छ । यसैगरी नित्य गरिँदै आएका कार्य श्राद्ध, व्रत–उपवास, चाडपर्व रोकिदैनन् । यसैगरी निमित्तवशात् आएका कर्म नामकरण, अन्नप्राशन, मृत्युसंस्कारका कार्य आदि नैमित्तिक कार्य भने सम्पादन गर्नु हुने शास्त्रीय निर्णय पाइन्छ । बृहस्पतिजन्य प्रभावको कमी रहने भएकाले गरिएका काम्यकर्म निष्फल हुन्छन् । यसैले काम्य कर्मका लागि भने बृहस्पति अस्तमा शास्त्रले निषेध गरेका हुन् ।।

प्रतिकृया दिनुहोस