शौचालय जाँदा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा : झापामा शौचालय निस्किएका एक व्यक्तिको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ। बिर्तामोड नगरपालिका-७ फक्तालुङ्ग निवासी ५९ वर्षीय लोकप्रसाद लिम्बूको आज बिहानको राति ३:४५ बजेतिर शौचालय जाने क्रममा जंगली हात्तीसँग जम्काभेट हुँदा आक्रमण परी मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले कानुनी प्रक्रिया शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।  यसअघि गत असार ६ गते जंगली हात्तीको आक्रमणबाट मेचीनगरका पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको थियो। यो वर्ष हात्तीको आक्रमणमा परी झापामा ६ जनाको ज्यान गइसकेको छ

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माफी माग्न नसकेर भिडियो तोड्मोड भनिएको भन्दै धार्मिक संघसगठन द्धारा कारबाही माग

चितवनराष्ट्रिय स्वतन्त्र पार्टीका बाँके ३ का प्रतिनिधिसभा सदस्य  उम्मेदवार  खगेन्द्र सुनारको  सञ्...