आज साउन १५ खिर खाने दिन, यसकारण आज खिन खाने चलन चल्यो
OmkarKhabar
नेपालीहरुले मनाउने विभिन्न परभ्परच मध्ये आज साउन १५ खिर खाने दिन हो । प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् ।संस्कृत भाषामा खीरलाई ‘क्षीर’ वा ‘पायस’ भनिन्छ ।
वैदिकशास्त्रमा खीरलाई सात्विक आहारमध्ये उत्तम मानिएको छ । पितृकार्य (श्राद्ध) र देवकार्यमा यसलाई महत्त्वपूर्ण वस्तुका रूपमा वर्णन गरिएको छ । ऋषिमुनिको पालादेखि नै श्राद्धमा निमन्त्रणा गरिएका ब्राह्मणहरूलाई पायस खुवाउने चलन थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन गाईको दूधमा पायस अर्थात् खीर अनिवार्य रूपमा बनाउँछन् । खीरलाई ‘पवित्र भोजन’ र ‘सात्विक आहारमध्ये उत्तम’ भनिएको छ, जसले यसलाई सामान्य खाद्य पदार्थभन्दा माथि उठाउँछ ।
साउन १५, ‘खीर खाने दिन’ नेपाली समाजको कृषि, धर्म, स्वास्थ्य र सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको एउटा अनुपम परम्परा हो ।
। धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ।
साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हो। ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाएर खुवाउने चलन अझै कायमै छ । ।
चामल, सावधाना, सेवई, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । सावधानलाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी, साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर पनि बनाएर खाने चलन छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ ।
नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने गरेको छ ।आज विभिन्न संसस्थाले पनि खिर खाने कार्यक्रमको आयोजना नै गरेर यस दिवसको महत्व उजागर गरेका छन् ।
प्रतिकृया दिनुहोस